२०८० आश्विन १२ शुक्रबार

नेकपाको बृहत चुनावी सभा, सयौको संख्यामा पार्टी प्रबेश, अध्यक्षले भने : भारी मतले नेकपाको बिजय सुनिश्चित (फोटो सहित)

धरान । मंसीर १४ गते हुने स्थानीय तहको उप निर्वाचनमा अहिले मुलुकको ध्यान सुनसरीको धरानमा केन्द्रित भएको बेला निर्वाचन परिचालन समिति नेकपा धरानको आयोजनामा धरानको भानुचोकमा बृहत जनसभा भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को मेयरका प्रत्यसी उम्मेदवार प्रकाश राईको समर्थनमा हजारौ नागरिकको स्वतह स्पूmर्त निस्केको र्यालीले पव्लिक स्कूलको खेल मैदान देखी भानुचोक परिसार सम्म छपक्कै छोपेको थियो ।

निर्वाचन परिचालन कमिटी नेकपा धरानको आयोजनामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै नेकपाका माननीय तथा पूर्व सभामुख सुवास नेम्वाङले मुलुकमा २१/२२ बर्ष सम्म एकलौटी राज्यसत्ता संचालन गरेका नेपाली कांग्रेसले मुलुकका ठूलठूला महत्वपूर्ण उद्योग कलकारखानाहरु बन्द गराएर देशलाई कंगाल बनायो । त्यसैले अव कहिल्यै ब्युझीन नसक्ने गरी आम जनाताले कांग्रेसलाई सुताइदिएको बताए । उनले थपे–त्यसैले यो धरान नगरपालिकाको स्थानीय उप निर्वाचनमा समेत कांग्रेस सुतिरहेको छ नेकपाका उम्मेदवार प्रकाश राई भने आम नागरिकको साथमा विजय जुलुस गरीरहेका छन् ।

चुनावीसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस इतिहासको वस्तु भनेर चित्रण गर्ने अवस्था सिर्जना नर्गन भन्दै कटाक्ष गरे । उनले कांग्रेसलाई गतिलै प्रतिपक्षीको रूपमा आफूहरूले चाहेकाले कम्युनिष्टविरुद्ध नलाग्न आग्रह गरे । ‘भीरबाट लड्ने गोरुलाई राम–राम भन्न सकिन्छ, काँधै थाप्न सकिन्न, त्यसतर्फ कांग्रेस का साथीहरू सचेत हुनुहोला’–उनले भने – कम्युनिष्टलाई फुटाउ भन्ने मानसिकताबाट अगाडि बढिरहे काग्रेसलाई बत्ति बालेर खोज्ने दिन आउने दाबी गरेका छन् ।

नेकपाको सरकारले हजारौ महत्वपूर्ण राष्ट्रिय महत्वका कुनै योजनाहरु सम्पन्न गरीसक्यो भने कतिपय योजनाहरु पाइपलाईनमा छिराएर अगाडी बडीरहेको बताए । यत्ति धेरै राष्ट्रिय गौरबका कामहरु भइरहदा नदेख्ने कांग्रेस नसुतेर के गरेको छ ? उनले प्रश्न गरे । त्यसैले धरानको उप निर्वाचनको सन्दर्भमा भन्ने कांग्रेस हाम्रो पछी अनावश्यक विरोध गर्दै हिड्दा ठिक्क छ यता हाम्रो उम्मेदवार प्रकाश राईले चुनाव जिती सक्यो तपाईहरु बिजय जुलुस तयारी गर्दै गर्नु उनले भने ।

 

नेकपाका उम्मेदवार प्रकाश राईको पक्षमा मत माग्न नेकपाका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधान मन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ पूर्व सभामुख सुवास नेम्वाङ सहित दर्जनौ केन्द्रिय नेता कार्यकर्ताहरुको बाग्लो उपस्थिती रहेको थियो ।

 

२०७६ मंसिर ११, बुधबार १२:४३ गते 1 Minute 39 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार