२०८० आश्विन ७ आईतवार

लिसराको निर्देशनमा अर्को म्युजिक भिडियो ‘नक्कली ओइ नक्कली’ को सार्वजनिक

काठमाडौँ / “नक्कली ओइ नक्कली” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा एकपछि अर्को गर्दै लगातार म्युजिक भिडियो निर्देशन गरिरहेकी म्युजिक भिडियो निर्देशक कृष्टि किराती लिसराको निर्देशनमा अर्को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यो म्युजिक भिडियोमा पछिल्लो समयको चर्चित म्युजिक भिडियो नायिका तथा पत्रकार सिता राई नक्कलीको भूमिकामा देखिएकी छन् भने सन्तोष राई र हित शंकर कुलुङ्ग म्युजिक भिडियोको नायकको रुपमा देखिएका छन् ।

सधै हट लुक्समा देखिने सिता राईलाई यो म्युजिक भिडियोमा भने सोझी सिम्पल युवतीको भूमिकामा निर्देशक लिसराले प्रस्तुत गरेकी छन् । म्युजिक भिडियोमा गाउ घरकी सोझी सिम्पल युवतीलाई शहरबाट आएका युवाहरुले जिस्काउदै गरेको देखाईएको छ । कुलेखानी मार्खु लगायत अन्य रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।

‘नक्कली ओइ नक्कली’ बोलको गीतमा चर्चित गायिका मेलिना राई र निशान राईको स्वरमा रहेको छ भने प्रयास दुमी राईको रचना, डक्टर किरातको संगीत, बुद्ध स्याङको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोको स्मृती दाहालको श्रृङ्गार, विशाल श्रेष्ठको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, उत्तर राना मगरको सम्पादन रहेको छ । यो म्युजिकलाई भिडियो बेलायतमा बस्दै आएका शान्तकुमार राईले प्रस्तुत गरेका हुन् ।

@प्रकाश ‘दिप्शाली’ राई 

२०७६ मंसिर १२, बिहीबार ०३:२२ गते 1 Minute 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार