२०८० जेष्ठ १८ बिहीबार

आज राती १२ बजेदेखि भोली साँझ ७ बजेसम्म धरानको मुख्य नाका बन्द हुने, पास लिएका सवारी मात्र चल्न पाउने

धरान/ भोली मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गरी धरान लगाएत अन्य क्षेत्रहरुमा आज मध्यराती १२ बजेदेखि अत्यावश्यक तथा अनुमति पत्र (पास) लिएका सवारी बाहेक अन्य साधनहरुलाई  प्रवेश निषेध हुने हुने भएको छ ।

धरानको सन्दर्भमा मुख्य ४ नाकामा मध्यराती १२ बजेदेखि नै सवारीसाधनहरु रोकिनेछन् । ती नाकाहरु भोली शनिबार मतदान सकिएपछि साँझ ७ बजेदेखि मात्र खुला हुने प्रहरी प्रशासनले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख तथा डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार विवाह, एम्बुलेन्स, साब बाहन र चिकित्सकको टोली भएको सवारीलाई धरानमा चल्न छुट दिइनेछ । यस्तै, खानेपानीको गाडीलाई पनि अनुमति पत्र(पास) उपलब्ध गराएर चल्न दिइने प्रहरी प्रशासनले बताएको छ ।

यसबाहेक जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट अनुमति पत्र(पास) लिएका गाडी तथा मोटरसाइकलहरुलाई पनि चल्न छुट दिइनेछ । प्रहरीका अनुसार ‘अरु सबै दुई पांग्रे, चार पांग्रे सवारीसाधनहरु नाकामा नै रोकिनेछन। उनका अनुसार दक्षिणमा धरानको सिमाना रहेको तरहरासम्म मात्र गाडी आउन दिइनेछ भने  पूर्वमा मोरङसँगको सिमाना चोक्टी, उत्तरमा धनकुटासँगको सिमाना भेडेटार र पश्चिममा बराहक्षेत्रको नडहामा नै धरान आउने सवारीसाधन रोकिनेछ । ‘आज राती १२ बजेदेखि भोली मतदान सकेपछि साँझ ७ बजेसम्म धरानमा सवारी मात्रा सवारी आवगमन अनुमति दिइने ’डिएसपी न्यौपानेले बताए  ।

२०७६ मंसिर १३, शुक्रबार १०:१२ गते 0 Minutes 12 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।