
धरान / आज धरानमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ९२ हजार ८ सय त्रिपन्न कूल मतदाता संख्यामा जम्मा ५४ हजार ९ सय ९६ खसेको कूल मतमा करीव ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालय धरानले बताएको छ ।
धरानको स्थानीय तहको उपनिर्वाचनको मेयर पदका लागि मूख्य प्रतिशपर्धी उम्मेदवारहरुमा (नेकपा) को तर्पफबाट उम्मेदवार प्रकाश राई रहेका छन भने नेकांको तर्पफबाट तिलक राई रहेका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा साविक नेकपा एमाले (दूई पार्टी समायोजन नहुदा)ले करीव २२ हजार मत ल्याएर स्व. तारा शुब्बा विजयी भएका थिए भने प्रत्यासी उम्मेदवार तिलक राईले करीव १७ हजार मत ल्याएका थिए ।
विहान ७ वजे देखि साझ ५ वजेसम्म भएको मतदान कार्यक्रममा केही वडाहरुमा छिटपूफट विवाद बाहेक अन्य मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण मतदान भएको मूख्य निर्वाचन कार्यालय धरानले जनाएको छ ।
मतदान गर्ने समय सकिए पछि निर्वाचन कार्यालय धरान १५ मा नै रहेको हुनाले सबै वडाहरुकाट आजै मतपेटीकाहरु संकलन गरी सम्भवत आज बेलुकी ७ बजेबाट सर्वदलिय बैठक बसेर मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । सुरक्षित र ब्याबस्थीत ढंगले मत गणनाको लागि सबै तयारी पुरा गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।