
शारदा तामाङ राई
भोजपुर / जिल्लाको पौवादुम्मा गाउपालिका १ श्यामसिलामा वडाध्यक्ष पदका लागि भएको उप निर्वाचनमा नेपाल कम्न्युनिष्ट पार्टी (नेकपा)का उमेरद्वार जितेन्द्र राई विजयी भएका छन । राई नेपाली काग्रेसका उमेरदवार सम्मर बहादुर कार्कीलाई ४३७ मतले हराउदै वडाध्यक्षमा विजयी भएका हुन ।
राईले ६९९ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्धन्दी कार्कीले २५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए । यस्तै मंगोल नेशनल अर्गनाईजेसनकी कला राईले तिन मत प्राप्त गरेकी छिन ।
उप निर्वाचनमा १६ मत बदर भएको निर्वार्चनमा ५७५ महिला र ४४० जना पुरुषले मतदान गरेको अधिकृत रेग्मीले जाननकारी दिए । निर्वाचनमा ९६५ अर्थात ६५ प्रतिशत मत खसेकोे थियो । वडाको कुल मतदाता संख्या एक हजार ६१६ रहेको निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।
यस अघि गाउपालिकाको १ नम्बर वडामा भएको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका उमेरदवार रुद्र बहादुर विजयी भएका थिए । पाण्डेको गत साउन १८ गते निमोनियाका कारण निधन भए पछि उप निर्वाचन भएको हो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।