२०८० चैत्र १५ बिहीबार

साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर (समाचार पुरा हेर्नुहोस)

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।

७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।

सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।

१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ । ४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको छ । एउटा सामान्य कारको मुल्य बराबरमा साढे २ तला सम्मको घर निर्माण हुन्छ ।

सरकारले भूकम्पबाट ध्वस्त भएका घर निर्माणको लागि दुई लाख रुपैयाँ दिने घोषणा ग¥र्यो । यो घोषणापछि धेरैले आलोचना गर्दै भने, दुईलाख दिएर पनि घर बन्छ ? सामान्य रुपमा हेर्दा दुई लाख सानो रकम हो ।

यति थोरै पैसाले कहाँ घर बन्ला ? तर दशकदेखि स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ । हिमालयन ब्याम्बो प्रालि जसले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दावी गरेको छ ।

कोठाको घर डेढ लाखमै निर्माण गर्छौ । मुलुकभित्रै रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले बिजमान्डूसँग भने, ‘घर निर्माणमा विदेशी सामानको प्रयोगनै गर्नुपर्दैन । स्वदेशी वस्तुको प्रयोग हुने भएकोले सस्तो भएको हो ।’

भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग घर निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् । कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई हस्तान्तरण गर्ने दावी गरेको छ । १५ दिनमा फाउन्डेसन र १५ दिनमा घरनै निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ ।

‘हामी ग्राहकले चाहे अनुसारको घर निर्माण गर्न सक्छौ । न्यून, मध्यम र उच्च आय भएका ग्राहकको माग अनुसार घर निर्माण गर्न सक्ने क्षमता छ,’ अध्यक्ष जोशीले भने, ‘तर अहिलेको आवश्यकता भनेको भूकम्प पीडितको पुनस्र्थापनाको हो । त्यसैले डेढ लाख र साढे तीन लाख रुपैयाँको घरलाई बढी लक्षित गरेका छौ ।’ गैरआवासीय नेपाली संघ(एनआरएनए)ले बाँसको घरको बारेमा जानकारी लिइसकेको छ । कम्पनीले एक हजार घर निर्माण गर्नसक्ने जानकारी एनआरएनलाई दिएको छ ।

कसरी बन्छ घर ?

अरु घरजस्तै फाउन्डेस ढुंगा, सिमेन्ट र ईटाबाट तयार गरिन्छ । फाउन्डेसन तयार भएपछि बाँसबाटै विम, चौकस लगायतका सम्पूर्ण सामाग्री तयार हुन्छ । कम्पनीले घरको लागि आवश्यक पर्ने सामग्री हेटौंडामा रहेको आफ्नो उद्योगमा तयार गर्छ । फाउन्डेसन तयार भएपछि उद्योगबाट सामान ल्याएर प्राविधिकले जोड्ने काम गर्छन् । घरको छानामा टिन प्रयोग गरिन्छ भने भित्तामा बाँस प्रयोग हुन्छ । बाँसको भित्तामा सिमेन्टले प्लास्टर गरिन्छ ।

३० वर्ष आयु

कम्पनीले बाँसबाट निर्माण भएको घरको आयु ३० वर्षको हुने दावी गरेको छ । ‘यो घरको ग्यारेन्टी ३० वर्षको गरेका छौ । तर यो भन्दा बढी पनि टिक्छ,’ जोशीले भने, ‘ घर निर्माणलाई दिगो बनाउने हाम्रो प्रयास हो ।’

घर बनाउँदा प्रयोग हुने बाँसको आवश्यक ट्रिटमेन्ट गरिन्छ । कम्पनीका अनुसार ट्रिटमेन्ट गरेपछि बाँसमा किरा लाग्ने समस्यानै हुँदैन । यस्तो बाँसमा धुलिया लाग्ने समस्या पनि हुँदैन । बाँस आफै इन्सुलेटेड भएकोले विग्रिने समस्या पनि कम हुन्छ ।

कहाँ छन् यस्ता घर

कम्पनीले अहिलेसम्म एक हजार घर बनाइसकेको छ । कम्पनीले व्यक्तिगत, गैरसरकारी संस्था, विद्यालयलगायत लागि यस्ता घर बनाएको हो ।

कम्पनीले तीन सय स्क्वायर फिटको मुक्त कमैयाको क्याम्प, विराटनगरमा पाँच सय ८० स्क्वायर फिटको निजी आवास, मेलम्चीमा रिम्स नेपालको एक हजार स्क्वायर फिटको घर र एक हजार स्क्वायर फिटको ट्रेनिङ हल, आठ सय ८० स्क्वायर फिटको भवानी एकीकृत स्कुल, नेपाल उद्योग वाणिज्य महासंघको सुर्खेतमा टे«ड स्कुल, लेखनाथ उद्योग वाणिज्य संघको ट्रेनिङ हललगायत निर्माण गरिसकेको छ ।

२०७६ मंसिर १८, बुधबार १०:३७ गते 0 Minutes 265 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार