
इटहरी / सुनसरीको इटहरी चौकबाट पूर्व तर्फको तालतलैया रोड हुदै करीब १० किलोमिटर उत्तर तर्फ मोडिए पछि पुगिन्छ एउटा सुन्दर गाउँ जुन गाउलाई पर्यटकीय हवको रूपमा तत्कालिन नगरपालीका हुदा कार्यकारी अधिकृत पशुपति खतिवडा सहितको टोलीले निर्माण गरी स्थानीयलाई सुम्पिएका थिए । जाडो या गर्मि याममा आगन्तुक पर्यटकहरूलाई स्वागत गर्दै पूर्वमै नमुना सहर स्थापनाको निमित्त चार बर्ष अघि होमस्टे बनाएर स्थानीयलाई सुम्पिएको खुर्सानेखाप यतिबेला बजेट अभावले जिर्णभई थलिएको छ ।
आन्तरीक तथा बाहिय पर्यटकहरूको संगम स्थल बनाउदै चार बर्ष अघि तत्कालिन इटहरी उपमहा नगरपालीकाका कार्यकारी अधिकृत पशुपति खतिवडा , २ क्षेत्रीय सांसद रेवती रमण भण्डारी लगायतको टोलीले बाजा गाजा सहित सो स्थानलाई होमस्टेको नाम दिदै १० वटा आवास समेतको ब्यवस्था मिलाइएको थियो । तर बनाएर हस्तानतरण गरेपछि नगरपालीका लगायत सम्बन्धित निकाय आफै बेखबर भएपछि अहिले सो स्थानमा रहेको होमस्टे नामै मात्रको रहेको छ ।
गाउँ गाउँमा सिंह दरबारको नारा लगाएर स्थानीय निर्वाचन पनि सम्पन्न भएको एक बर्ष बितिसक्दा आएका स्थानीय सरकारले इटहरीको होमस्टे सञ्चालनमा ध्यान नदिएको यहाँका बासिहरूको भनाइ छ । सुरूवाती समयमा दैनिक ३० देखि ६० जना सम्म आन्तरीक पर्यटकहरूको घुइँचो लाग्ने गरेको यस होमस्टेमा अहिले दैनिक ३ देखि ५ जना मात्र आउने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर धिमालले बताए ।
होमस्टे सञ्चालनको बिषयमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीसंग पटक पटक जानकारी गराउदा पनि कुनै सुनुवाइ नै नभएको समितिका अध्यक्ष धिमाल बताउछन । दुख सुख चल्दै आएको होमस्टे गत बर्षको बाढीका कारण नराम्रो संग क्षती हुन पुगेपछि आगन्तुक पर्यटकहरू पनि घटेको उनको भनाइ छ । उत्तर तर्फ रहेको बुढी खोला र दक्षिण तर्फको शेरा खोलाको बिच भागमा अवस्थित खोर्शाने खाप होमस्टे बर्खाको बेला चेपुवामा पर्ने गरेको छ । चुनावको बेला गाउँ गाउँमा सिंह दरबारको नारा लगाए पनि खै कुन गाउँमा सिंहदरबार आयो हामिले पत्तो पाएका छैनौ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर धिमालले बताए ।
होमस्टेकालागि बनाइएका घर मध्ये ३ वटा घरमा गत बर्षको बाढीले क्षती पुर्याए संगै बस्ति नै जोखिममा परेपछि अहिले पर्यटकहरूकालागि बनाइएको होमस्टे त्यतिकै लथालिंग बनेको स्थानीयहरू बताउछन । पूर्वि तराइमै पहिलो पटक स्थापना भएको इटहरीको होमस्टे सुरूवाती समयमा सबैको प्यारो थियो तर अहिले कसैले चासो समेत नराखिदिदा अलपत्र अवस्थामा आइपुगेको समितिका अध्यक्ष धिमालको भनाइ छ ।
बाढीबाट भएको क्षति र होमस्टे सञ्चालनका लागि पर्याप्त बजेट सहितको कार्यक्रमहरूको माग गर्दा इटहरी उपमहानगरले अहिले सम्म कुनै चासो नराखेको समितिका अध्यक्ष धिमालको आरोप छ । बाढीबाट जोगिन उपमहानगरले अहिले सम्म १०० वटा तार जालीको ब्यवस्था गरेको छ तर ढुंगा दिने भनिए पनि अहिले सम्म् आएको छैन त्यो जाली त्यतिकै छ उनले भने । उपमहानगर हुदै तत्कालिन कार्यकारी अधिकृत खतिवडाकै पहलमा उपमहानगरपालिकाले खोर्साने खाप सम्म पुग्ने सडक निर्माण , पोखरी ,फुलवारी वनाउने समेत काम सम्पन्न भएको थियो तर अहिले आकर्षक रुपमा वनाइएको पोखरी भैषी आहाल वस्ने ठाउँको रुपमा परिणत भएको प्रत्यक्ष देखिएको छ ।
चारैतिर हरीयाली बिहानको समयमा बिभिन्न प्रजातीका चराचुरूङगी, खरायो , मृग लगायतका जनावरहरूको मनोरम दृस्यहरू अवलोकन गर्न सकिने सो स्थान साच्चै नै हामस्टेकालागि उपयुक्त मानिदै आएको छ तर स्थानीय सरकारले चासो नराखिदिदा इटहरीको सान र गौरवमा त्यतिकै नकरात्मक छाप पर्ने होकि भन्ने चिन्ता स्थानीयहरूमा परेको छ । आन्तरीक पर्यटकहरूलाई लोभ्याउने उपयुक्त बाताबरण हुदा हुदैपनि स्थानीय सरकारले त्यसतर्फ बेलैमा ध्यान नदिदा इटहरीको गौरव लोप हुने खतरा पनि बढेको छ ।
पूर्वकै सुन्दर हरित नगरी इटहरीले यस होमस्टेलाई समयमै आफ़्नो नगरको मात्र नभएर पूर्वकै लोकप्रिय पर्यटन गन्तब्यको रुपमा यसलाई विकास र स्थापीत गर्न सकेको खण्डमा सिंगो इटहरी नगरकै उचाई बढ्ने निश्चित छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।