
स्वास्थ्य / कब्जियत अथवा ‘कन्स्टीपेसन’ आम मानिसमा हुने एक समस्या हो । के बच्चा के यूवा यूवती के बुढाबूढी सबैमा देखा पर्ने या हुने समस्या हो बब्जियत । बिशेष गरेर नेपालीरुमा देखा पर्ने कब्जियत पेट सम्बन्धी रोगको मूख्य कारण मध्ये एउटा हो । दिनमा धेरै पटक तर थोरै थोरै र असन्तुष्त रुपमा वा दू या तिन दिनको परिकमा वा सो भन्दा धेरै दिनमा मात्र दिसा लाग्नु कब्जियतको खास लक्षण हो ।
जसरी हामी कम्तीमा दिनमा दूई पटक खान्छौ त्यसरी नै बिहान बेलुका गरेर दूई पटक दिसा लाग्नु वा दिसा बस्नु तन्दुरुस्त स्वास्थ्यका लागि सबै भन्दा राम्रो हो । हाम्रो पाचन प्रणालीमा विशेष प्रकारको बनौट हुन्छ र त्यही अनुसार संचालित हुन्छ । एउटा जवान मानिसमा ८ मिटर लामो पाचन नली अथवा आन्द्रा हुन्छ । मुखबाट सूरु भएर मलासाय (गुद्धार) सम्मको लामो यात्रामा हामीले खाएको खानेकुरा पचेर मलको रुपमा बाहिर निस्किन्छ ।
आन्द्र अथवा पाचन नलीको माथिबाट तल खम्चिदै जाने (पेरिस्टाल्टिक मोभमेन्ट) प्रकृया अनुसार नै मुखबाट खाएको खानेकुरा आन्द्रामा शोषण हुँदै मलाशाय सम्म पुग्छ । खानामा भएको आवश्यक तत्व सानो आन्द्रामा नै शोषण भए पनि धेरैजसो पानीको मात्र भने ठूलो आन्द्रामा पुरेर शोषण् हुन हुँदा आन्द्राका सबै भागको आ-आफ्नै महन्व हुने गर्दछ । यसको अर्थ यो पनि हुन आउछ कि ठूलो आन्द्राको काम पानी र केही खनिज तत्वको शोषण् हुनको लागि हो । त्यहाँ सम्म पुग्ने गरी पानीको मात्र धेरै पिउनु पर्ने हुन्छ ।
यदी हामीले खेत रोपेर पानी लगाएनौ भने खेत सुख्खा भई माटो चिरा चिरा फुुट्ने गर्छ र बाली राम्रो हुदौन भने जस्तै हो । त्यसरी नै ठूलो आन्द्रा सुख्खा भएर मल पनि सुख्खा हुन पुग्छ । कारण ठूलो आन्द्राले निकाल्नु पर्ने चिप्लो पदार्थ निकाल्न नसकेर दिसा अथवा मल सजिलै मलासाय सम्म ल्याउन सक्दैन र मलासाय पनि सुख्खा भएका कारण मल बाहिर आउन सक्दैन । मलासाय र केही माथी मल जम्मा भएर बस्छ । यस्का कारण विरामीले अनेक खाले समस्या भोग्नु पर्छ । हामी मानिस स्वभावले नै साकाहारी प्राणि हौ । हाम्रो आन्दाको बनोट पनि त्यहअी किकिमको र लामो हुन्छ । तर पशुप्राणीको अन्द्रा छोटो हुन्छ ।
उनीहरुले आएको खोकुरा १२ घण्टामा नै पचेर गोबरको रुपमा बाहिर निस्कन्छ तर हामी मनिसको भने कम्तीमा २४ देखी ३६ घण्टा लाग्छ । यता कुनै पनि बस्तु या मासुु या अन्य बस्तु कुहिन या सड्न कम्तिमा पनि १२ घण्टा देखी २० घण्टा सम्म लाग्ने गर्दछ । अझ गर्मीमा त ६ घण्टा नै काफि हुन्छ । यस्तो अवस्थामा हाम्रो शरीरमा रहेको तापक्रम पनि गर्मी बराबरकै हुने हँदा खाएको खानेकुरा सड्न धेरै समय लाग्दैन ।
परिणाम स्वरुप शरीर भित्र नै दुर्गन्ध फैलिन थाल्छ । यस्तो बस्तुलाई चाडो बाहिर फ्याक्नु पर्नेमा यदि आन्द्रामा नै रहिरहेमा के हुन सक्छ हामी आफै अनुमान लगाउन सक्छौ । त्यही ढिला र लामो समयसम्म आन्द्रामा रहने हुँदा मल धेरै गनाउने भएको हो पशुको भन्दा ।
कारणहरु :
कब्जियत हुने धेरै कारणहरु हुन्छन् । मूख्य कारणहरुमा पहिलो त आपूmले खाएको अनावश्यक खान नै हो । अर्को कारण भनेको खानामा रहने या पाइने रेसा (फाइबर) को मात्रामा कमी, यसरी नै शारीरिक ब्यायामको कमी, अनावश्यक चिन्ता, निन्द्राको कमी, विभिन्न औषधीको सेवन ।
अर्को महत्वपूर्ण कारण भनेको पानीको कमी अथवा थोरै पानी या झोल पदार्थको र दिनभर चिया पिउदै या चिसो पेय पदार्थ पिउदै एकै ठाउँमा बसेर काम गर्नु । यी लगाएतका अन्य कारणहरु जस्तै समयमा चर्पी नजाने लामो समय सम्म थामेर बस्ने, जति बेला पनि जाने तर विहान बेलुका या घरमा हुने समयमा नजाने, धेरै समय यात्रामा विताउने, बजारमा बनेका फास्ट फुुड को सेवनमा रमाउने जस्ता कारणबाट पनि बब्जियतको समस्या हुने गर्छ ।
यसरी नै खानामा माछा मासुको ज्यादा सेवन, सागपातको कमी, खुर्सानी, तेल र मसला या धेरै चिसो या तातो पेय पदार्थ अनि लामो समय सम्म उपवास जस्ता कारणबाट कब्जियत हुने गछ ।
कब्जियतबाट हुनसक्ने रोगहरु :
मूख्य रोगमा पायल्स या हर्सा र पेटका रोगहरु, जसलाई हामी ग्याष्ट्रिक भनेर जन्ने गर्दछौ । यस बाहेक हातखुट्टा पोल्ने, झमझम गर्ने, निन्द्रा नलाग्ने, भोग नलाग्ने अनि जिउ पोल्ने र टाउको दुख्ने समयस्या देखा पर्न सक्छ । यसका साथै अन्य खाले रोग बढाउन पनि भूमिका खेलिरहेको हुन्छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।