२०८० मंसिर १४ बिहीबार

भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजानी

-शारदा तामाङ राई, भोजपुर
भोजपुर / अज्ञात समुहले जिल्लाको दुई वटा वडा कार्यालयमा गयराती आगजानी गरेका छन् । जिल्लाको रामप्रशाद राई  गाउपालिका २ धोद्लेखानी र पौवादुम्मा गाउपालिका ३ च्याङ्ग्रेको वडा कार्यालयमा आगजानी गरिएको हो ।

आगजानीबाट च्याङ्ग्रेमा रहेको वडा कार्यालयमा रहेका कागजपत्र, फर्निचर लगाएत सामाग्राी जलेर नष्ट भएको गाउपालिका प्रमुख किरण राईले बताए । वडा र्यालयको ढोका ह्याक्सोले काटेर मटितेल छर्केर आगजानी गरिएको गाउपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन् ।

यता रामप्रशादराइ गाउपालिका २ को वडा कार्यालय पुर्णरुपमा जलेर ध्वस्त भएको वडाध्यक्ष राजकुमार तामाङले बताए । घटनाको जानकारी पाउन साथ घटना स्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको विस्तृत विवरण आउन वाकी छ । यस अघि पनि अज्ञात समुहले टेम्के मैयु गाउपालिकाको वडा कार्यालयमा आगजानी गरेका थिए ।

२०७६ मंसिर २५, बुधबार ०६:५८ गते 0 Minutes 251 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार