
-शारदा तामाङ राई
भोजपुर / भोजपुर नगरपालिका वडा नम्वर १० खुरीलामा स्थानिय कृषकहरुले आलु भण्डारण केन्द्र निर्माण गरेका छन । कृषी ज्ञान केन्द्र भोजपुरको आर्थिक सहयोग तथा जन श्रमदानमा कृषकहरुले आलु भण्डार केन्द्र निर्माण गरेका हुन् ।
आलुको विउलाई गुणस्तरिय बनाउने उद्देश्यले उन्नति बहुउदेश्यीय कृषक समूह गठन गरेर १० हजार केजी क्षमताको आलु भण्डारण र स्टिक स्टोर निर्माण गरिएको स्थानीय कृषक मानबहादुर कार्कीले बताए । भण्डारण केन्द्र निर्माणका लागि कृषि ज्ञान केन्द्र भोजपुरले ४ लाख ७५ हजार आर्थिक सहयोग गरेको कृषक कार्कीले जानकारी दिए । पराम्परागत रुपमा आलु भण्डारण गर्दा विउ राम्रो नहुने, रोप्नु भन्दा पहिला उम्रिने, उत्पादन राम्रो नहुने लगाएत समस्या हुने गरेको कृषकले बताएका छन ।
यस अघि भण्डारण केन्द्र नहुँदा आलुको विउ राख्न कृषकलाई समस्या हुदै आएको थियो । खुरिलाका कृषकले प्रति घर १५ देखि ६० मुरी सम्म आलु उत्पादन गर्ने गरेका छन् । खुरिलाका कृषकले उत्पादन गरेको आलु जिल्ला सदरमुकाम लगाएत क्षेत्रमा विक्री हुने गरेको छ । गाउमै आलु भण्डारण केन्द्र निर्माण भए सगै स्थानिय कृषक खुसी भएका छन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।