
-शारदा तामाङ राई, भोजपुर
भोजपुर / जिल्लाको षडानन्द ननगरपालिका वडा नम्वर १२ दाइजोरका मान बहादुर घिसिङको जुनार खादा मृत्यु भएको छ । छिमेकी तारा राईको बारीमा जुनार टिपी खाने क्रममा सर्किएर राईको सोमवार बेलुकी मृत्यु भएको हो ।
छिमेकी तारा राईको बारीमा पलेको जुनार टिपेर खादा राईको एक्कासी सर्किएर मृत्यु भएको स्थानियले बताएका छन । राईको मृत्यु भएको खबर पाउन साथ प्रहरी चौकी देउराली बाट प्रहरीको टोली घटना स्थल पुगेको थियो । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए ।
163900cookie-checkजुनार खादा सर्किएर घिसिङको मृत्यु