२०८० आश्विन १४ आईतवार

तरहरा धरान सडक खण्डमा दुर्घटना हुँदा घटना स्थलमै एकको मृत्यू

धरान । धरान देखी इटहरी तर्फ जाँदै गरेको को १३ प ४०४२ नंबरको निलो रंगको मोटर साइकलमा सवार यात्रुको घटना स्थलमै मृत्यू भएको छ । तहरहराको पानीपिया देखी एक सय मीटर माथि धरानको खानेपानी रिजर्वभरको नजिकै बेलुकी करीव ५ः४५ बजे तिर उक्त दुर्घटना भएको हो ।

प्रत्यक्ष दर्शीका अनुसार दूईवटा मोटर साइकलमा तीनजना धरान देखी इटहरी तर्फ जाँदै गर्दा आफै अन्यान्त्रित भई सडकको विपरीत दिशा तर्फ बाइक बतासीएर दुर्घटना भएको र एकजनाको घटना स्थलमै मृत्यू भएको र अरु दूईजना साथिहरु भने भागेको बताए ।

उक्त दुर्र्घटना सम्बन्धि धरान तिनकुने प्रहरी विटमा जानकारी लिदा तरहराबाट उद्धारको लागि प्रहरी टोली आउदै गरेको जानकारी गराए ।
यो समाचार तयार पारिन्जेल सम्म मृतकको सनाखत भने हुन सकेको छैन ।

२०७६ मंसिर २५, बुधबार १३:०१ गते 0 Minutes 37 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।