
इटहरी । किरात राईहरुको महाचाड उधौलीको अवसरमा किराया प्राकास इटहरी ५ र ७ ले आयोजना गरेको साकेला शिली प्रदर्शनी तथा समापन कार्यक्रमको प्रमुख अतिथी तथा किराया सुनसरी उपाध्याक्ष हिन्दुहाङ राईले किरातीहरुले आफ्नो साँस्कृतिक उत्सव मनाउदा राज्यले आँखा दुखाउनु नहुने बताएका छन् ।
बर्षौ देखी किरात राईहरुले संरक्षण गरी आफ्नो इष्टदेव सुम्निामा र पारुहाङलाई सम्झेर भूमीपूजा गर्दै आएको साकेला थानहरुलाई अहिले विकासको नाममा राज्यले अतिक्रमण गरीरहेको सन्दर्भलाई जोड्दै उपाध्यक्ष राईले यसो भनेका हुन ।

साकेला उधौलीको अवसरमा इटहरीको कब्याबाटिका साकेला पार्कमा सिली प्रदर्शनि गर्दे कलाकरहरु@ तस्वीर : मणी काङमाङ ।
मुर्तिकार विक्रमश्रीले करीव १०/१२ बर्ष पहिले इटहरी नगर र अन्य दातृसंस्थाको सहयोगमा इटहरी स्थित रहेको पच्रुकी चोक देखी केही माथी करीव ५/७ विगाह क्षेत्रमा रहेको सरकारी जग्गामा केही आकृती (मूर्ति) हरु निर्माण गरी काब्यबाटीका नाम दिई ब्याबस्थापन गर्न खोजिएता पनि इटहरी नगरले खासै वास्ता नगरे पछि लथालिङग अवस्थामा पुगेको उक्त क्षेत्रलाई किराया प्राकास इटहरी ५/७ ले वडा नं. ५ संगको छलफल पछि त्यसलाई संरक्षण गर्दै साकेला थान स्थापना गरी पूजाआजा गरी साकेला नाचीरहेको अवस्थामा हाल माथीको आदेश हो भन्दै उक्त ठाउँबाट साकेला पूजाथानलाई विस्थापन गर्न लागिएको बिषयलाई लिएर हाल स्थानीय सरकार र किरात राई समुदाय विच किचलो शुरु भएको छ । यस साकेला नाच स्थलमा प्रदेश सरकार र इटहरी उपमनपाको संयूक्त लगानीमा करीव ६४ लाख बराबरको बजेटमा फनपार्क बनाउने भएको हो ।
किराया प्राकास इटहरी ५/७ को अध्यक्ष बच्चु राईको सभापतित्वमा सम्पन्न साकेला उधौली समापन कार्यक्रमका विशेष अतिथी समेत रहेका इटहरी ५ का वडा अध्यक्ष कल्याण कार्कीले किरात राईहरुको भावना विपरीत कार्य नगर्ने बताए । उक्त कार्यक्रममा किराया सुनसरी सदस्य मेनुका राई, किरात राई पत्रकार संघ सुनसरी उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ सुनसरी सदस्य धन कुमार राई (मिलन), किरात राई बान्तावा खिम केन्द्रीय समितिका अध्यक्ष ज्ञान किराती, सदस्य बन्दना राई, किराया केन्द्रीय समितिका सदस्य कमला राई, ५ नं. वडा समिति महिला सदस्य कमला राई र किराया सम्बद्ध विद्वत ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।