यायोक्खाका महासचिव जनक राईले बुधबार यायोक्खाका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, विदेश शाखा, सम्बन्धन शाखा, भाषिक संस्था र भातृसंगठनका नाममा पत्राचार गरेका हुन् ।
क्यान्सर रोग लागेर हाल भारतको दिल्दीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका राई यायोक्खाका पूर्व सल्लाहकार र विशिष्ट संरक्षक सदस्य हुन् ।
उनको उपचारमा सहयोग जुटाउनका लागि ‘ध्यानबहादुर राई बचाऔं अभियान समिति’ गठन गरिएको छ ।
अभियान समितिले यायोक्खासमक्ष पनि सहयोगका लागि पत्र पठाएकोले उक्त अभियानमा सहभागी भई राईको जिवन रक्षा गर्न यायोक्खाजन्य संगठनहरुलाई पत्राचार गरिएको यायोक्खाका महासचिव राईको भनाइ छ ।
अखिलबाट पञ्चायतविरुद्ध राजनीतिमा होमिएका राई २०४६ सालको परिवर्तन पछि धरानको मेयर भएका थिए । पुर्वमेयर राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट धरानको मेयरमा निवार्चित भएका थिए । उनकै पालामा धरानले विकासको आधार तयार गरेको थियो । धरानको जनसहभागिताको नीतिलाई उनकै पालामा शुरुवात गरिएको थियो भने उनी पछिका मेयर मनोज मेन्यांग्बोले कार्यान्वयन गरेका थिए । पुर्वमेयर राई बौद्धिक, दुरदर्शी व्यक्तित्वकोरुपमा धरानमा परिचित छन् ।
धरान १७ स्थित रहेको किरात राईहरुले साकेला सीलि प्रदर्शन गर्ने स्थल साकेला साँस्कृतीक पार्क उनै ध्यान बहादुर राई मेयर भएकै बेला उपलब्ध गराए थिए । उक्त स्थलमा हालसम्म साँस्कृतिक प्रेमी किरात राई समुदायहरुले साकेला उधौली र उभौली पूजाआजा गरी धुमधामसंग नाच्ने गर्दछन् ।