२०८० जेष्ठ १७ बुधबार

३ दिने आँख शिविरमा ८६ जनाको मोति विन्दुको शल्यक्रिया

-शारदा तामाङ राई
भोजपुर । भोजपुर नगरपालिका १२ पुरानो डबली टक्सारमा निशुल्क आखा शल्यक्रिया सहितको बृहत आखा तथा कान जाच शिविर सम्पन्न भएको छ । मंसिर २५ गते देखि शुरु भएको ३ दिने शिविर शुक्रवार सम्पन्न भएको हो ।

नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा भएको शिविरमा ८६ जना आखाका विरामीहरुको मोति विन्दुको शल्यक्रिया गरिएको छ । यस्तै ६ सय १ जनाको आखा तथा कानको जाच गरिएको केन्द्रका प्रमुख विजय तामाङ बताए । शिविरमा आएका आखाका विरामीहरुलाई निशुल्क औषधीका साथै सहुलियत मुल्यमा चश्मा समेत वितरण गरिएको छ ।

केन्द्रले यस अघि पौवादुम्मा गाउपालिकामा र टेक्के मैयु गाउपालिकाको विभिन्न वडामा समेत शिविरको आयोजना गरेको थियो । शिविर विराटनगर आखा अस्पताल रानीको पाविधिक सहयोगमा आयोजना गरिएको प्रमुख तामाङले जानकारी दिए ।

२०७६ मंसिर २८, शनिबार ०८:४३ गते 0 Minutes 10 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।