२०८० आश्विन १२ शुक्रबार

अस्ताए अभिनेता दिपक क्षेत्री, अन्तिम दाहासंस्कार आइतबार गरीदै

काठमाण्डौ । नेपाली सिने उद्योगका एक चर्चित तथा पुराना अभिनेता दिपक क्षेत्रीको निधन भएको छ । श्रोतका शुक्रबार एक फिल्मको स्वराङकण कार्य सकेर उनी आफ्नो कोठा फर्कीएका क्षेत्री शनिवार आफ्नो कोठामा सृुतेको अवस्थामा मृत भेटिएका थिए ।

दिल्लीबजार स्थित आफ्नै कोठामा उनका छोराले कोठा ढकढक गरी उठाउन खोज्दा ढोका नखुले पछी प्रहरीलाई खवर गरी कोठा फोडेर हेर्दा सुतेको अवस्थामा मृत भेटिएका थिए । काठ्माण्डौको अत्याधीक जाडो र धेरै रक्सि खाएका कारण उनको मृत्यू हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । हाल उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि राखीएको छ ।

उनको केही बर्ष यतादेखी स्वर नलीमा मासु पलाएको कारण आवज बन्दभई लामो समय सम्म विरामी थलिएका थिए । उनको उपचारका लागि देशविदेशबाट रकम संकलन गरी हाल स्वस्थ्य लाभ गरीरहेका थिए ।

उनको श्रीमती विपना बस्नेत र छोरी मलेसीयामा भएकोले आइतवार मात्र उनको अन्त्यस्ती गरीने परिवार निकट श्रोतले बताएको छ ।

२०७६ मंसिर २९, आईतवार ०८:५५ गते 0 Minutes 48 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार