२०८० आश्विन ७ आईतवार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण भने खुलेको छैन ।

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

भट्टराई तीसकाे दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

२०७६ मंसिर ३०, सोमबार ०३:१९ गते 0 Minutes 50 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार