
-शारदा तामाङ राई
भोजपुर / भोजपुरबाट निर्वार्चित संघिय सांसद सुदन किराती जनताका गुनासो सुन्दै गाउ गाउमा पुगेका छन । चुनाव जिते पछि गाउ नर्फकने जनप्रतिनिधिको चलन विपरित उनि जनताको घर दैलोमा गुनासो सुन्न पुग्ने गरेका हुन ।
जिल्लाको दुई नगरपालिका र सात गाउपालिकाका जनताका समस्या खोज्दै “जनताको प्रश्न सांसदको उतर” कार्यक्रम लिएर छलफल तथा अन्र्तक्रिया गरिहेको उनले बताए । सांसद किरातीका अनुसार यो कार्यक्र बर्षमा दुई पटक हरेक ६/६ महिनामा गर्ने गरिएको हो । जनताका समस्या बुझ्न गाउ गाउमा कार्यक्रम लिएर जाने गरेको छु , गाउघरमा जनताका समस्या धेरै छन, आफुले भोट हालेर पठाएको जनप्रतिनिधी गाउमा आउदा निर्धक्क भएर जिल्लाबासीले आफना समस्या राख्ने गरेका छन उनले भने ।”
नागरिकले राखेका समस्या समाधानका लागि स्थानिय सरकार ,प्रदेश सरकार र संघिय सरकार संग पहल भइरहेको उनले बताए । सांसद किरातीले पछिल्लो समय हतुवागढी गाउपालिकाका सबै वडाको पन्ध्र ठाउमा पुगेर मतदाता संग छलफल गरेका छन् । एक महिना सम्म गरिएको कार्यक्रममा पौवादुम्मा गाउपालिकाको सबै वडामा समेत जनताको प्रश्न सांसदको उतर कार्यक्रम गरिएको उनले जानकारी दिए ।
सांसद किरातीले गत बर्ष पनि जिल्लाको ९ वटै स्थानिय तहका ८१ वटा वडामा पुगेर जनताका समस्या समाधान , विकाश र समृद्धी लगाएत बिषयमा छलफल गरेका थिए । जनतालाई विश्व विद्यालय ठान्ने सांसद किरातीले आफनो कार्यक्रम नेपालकै पहिलो भएको दावी गरेका छन । उनले कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाउदै भोजपुरे जनता संग प्रत्यक्ष भेटघाट अन्र्तक्रिया गरिरहने बताए । उन्ले भने “जनताबाट मैले पनि धेरै कुरा सिकिरहेको छुु, नेताका लागि जनता विश्वविद्यालय हुन , विश्वविद्यालयमा गए पछि धेरै कुरा सिकिदो रहेछ , जनताका दुःख सुखका कुरा सुन्दा खुसी लागेको छ , चुनाव जिते पछि काठमांडौ केन्द्रित हुने नेताहरुको बानी छ , त्यो बानी हटाउनु पर्छ ।”
अभियानका क्रममा केन्द्र ,प्रदेश र स्थानीय सरकारको भूमिकाको विषयमा जनताले जिज्ञासा राखेको उनले बताए । कार्यक्रमले जनप्रतिधि र जनता बीचको सम्बन्ध सुमधुर बनाउदै भ्रष्टचार , ढिलासुस्ती , अनियमितता लगाएत घट्ना समेत न्युनिकरण हुदै गएको उनले दावी गरे । जनताको घरदैलोमा पुग्दा बृद्ध बृद्धा, अशक्ता बढि खुसि भएको उनले सुनाए । जनताका समस्या खोज्दै गाउ पुगेका सांसद किरातीलाई बादर आतंकबाट मुक्त गराउन स्थानियले आग्र्रह गरेको बताए । बादरका कारण बसाई सर्ने अवस्था सृजना भएको भन्दै उनिहरुले बादर धपाई दिन सांसद किरातीलाई आग्र्रह गरेका हुन । बादरको समस्या संगै खानेपानीको समस्या समाधान गर्न पनि जनताले आग्रह गरेका छन् ।
गाउमा स्वास्थ्य संस्था बाट जनतालाई दिईने सेवाको अवस्था पनि नाजुक भेटिएको छ । स्वास्थ्य सेवाको अवस्था नाजुक भेटे पछि स्थानिय सरकार संग स्वास्थ्यमा नागरिकको पहुच पुर्याउन सचेत गराएको सांसद किरातीले बताए । स्थानिय सरकारको प्राथमिकतामा सडक र बिद्युत मात्र परेकाले पनि बादरको समस्या , खानेपानी अभाव र स्वास्थ्य सेवामा जनताले दु : ख पाईरहेको उनको बुझाई छ । जनताको माग अन्र्तगत सडक र विजुली भने तेश्रो नम्बरमा रहेको उनले जानकारी दिए । गाउमा जनताले भोगिरहेका समस्या समाधानका लागि संसदमा जोडदारका साथ कुरा उठाउने सांसद किरातीले प्रतिबद्धता जनाए ।
जनताका समस्या खोज्दै गाउ घरमै सांसद किराती पुगे पछि जिल्ला बासी खुसी भएका छन । आफु निर्वाचित भए पछि निरन्तर जनता संग जोडिदै आएकाले उनिहरु खुसी भएका हुन । चुनाव जिते पछि जनताको दु : ख सुखमा जोडिने नेता गाउमा आउदा खुसी लागेको आम्चोक गाउपालिका २ दाङखाका निमप्रशाद राईले बताए । सांसद संग भेटेर कुरा गर्न पाउदा पौवादुम्मा गाउपालिकाका अर्का स्थानिय रिजन राई पनि खुसी भएका छन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।