
धरान । किरात राई यायोक्खा सुनसरीले धरानका नवनिर्वाचित मेयर तिलक राईलाई सम्मान गरेको छ ।
किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेका नवनिर्वाचित राई गत मंसीर १४ गते धरानमा सम्पन्न स्थानीय तहको उप निर्वाचमा नेपाली कांग्रेसको तर्पmबाट उम्मेदवार भई मेयरमा निर्वाचित भएका हुन ।
उक्त कार्यक्रममा किरात राई यायोक्खा सुनसरीका सह–कोषाध्यक्ष उपेन्द्र चाम्लिङ क्रियाशिल फोटो पत्रकारहरुको छाता संस्था नेपाल फोटोे पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य पदमा र यायोक्खाको भातृसंस्था किरात राई खेलकुद संघ सुनसरीका अध्यक्ष विकास राई नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा निर्वाचित भएकोले यसलाई सिंगो जातीय संस्थाको उपलब्धीको रुपमा लिदै कार्यक्रमका प्रमुख अतिथी किराया केन्द्रीय समितिका महासचिव जनक राई र अतिथी किराया केन्द्रीय समितिका उप महासचिव तथा संगठन विभाग प्रमुख भिम राईले फेता (पगरी) गुठाई बधाई पत्र सहित सम्मान गरेका थिए ।
नवनिर्वाचित मेयर तथा किराया केन्द्रीय निवर्तमान अध्यक्ष कार्यक्रमका सम्मानीत ब्यक्तित्व तिलक राईले नगरपालिकामा सबै आदिवासी जनजातीहरुको सहज पहुच हुने वातवरण तयार गरी आम धराने नागरिकहरुको सुझाव र सल्लाह अनुसार वहाहरुकै सहभागीतामा हरेक बिकास निर्माणका योजनाहरु अगाडी बढाइने जाकारी गराए । त्यसको लागि आम नगरबासीहरुलाई सहयोगको आव्हान समेत गरे ।
किराया सुनसरी अध्यक्ष बलराम राईको सभापतित्वामा सम्पन्न उक्त बधाई तथा शुभकामना कार्यक्रममा किराया केन्द्रीय सचिव दोर्पध्वज राई, उप महासचिव तथा संगठन विभाग प्रमुख भिम राई, किराया प्राज्ञपरिषद सदस्य डा. कैलाश राई, शालिक सताशक राई, किराया केन्द्रीय सदस्य नगेशचन्द्र राई, नेपाल आदिवासी जानजाती महासंघ जिल्ला सुनसरी अध्यक्ष राम कुमार माण्डुपा राईलगाएत किराया सम्बद्द अगुवा नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।