२०८० मंसिर २४ आईतवार

हतुवागडी गाउँपालिकाका वडा सदस्य बालकुमार राई यौन दुरब्यबहार मुद्दामा पक्राउ

भोजपुर । हतुवागढी गाउँपालिका वडा नं. ६ भोजपुरका वडा सदस्य बालकुमार राई यौन दुरब्यबहार मूद्दामा पक्राउ परेका छन् । सदस्य राईले गत साता आफनै वडाका एक महिलालाई यौन दुरब्यबहार गरेको पीडित महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यलय घोडेटारले पक्राउ गरी अनुसान्धान गरीरहेको बताएको छ ।

हतुवागढी गाउँपालिका वडा नं. ६ साविक होम्ताङका वडा अध्यक्ष सागर राईसंग यस विषयमा बुझदा दुरब्यबहार भएको जानकारी सहितको स्थानीय एक महिलाले कार्यबाही माग गरेको उजुरी दिए पछि यो बिषयमा वडा कार्यालयले छानविन गर्ने अधिकार नभएकोले इलाका प्रहरी कार्यालय घोडेटारमा थप अनुसन्धानको लागि पठाइदिएको बताए ।

यस घटनाको पछी वडा अध्यक्षले आफ्नो वडा सदस्यलाई कार्बाही गरेको विषयमा चर्चा चलीरहेको बारे वडा अध्यक्ष राईलाई जिज्ञासा राख्दा – प्रहरी प्रशासनले कानुनी हिसाबबाट अनुसान्धान गरीरहेको छ । अनुसन्धानबाट यदि वहाँको कसुर ठहरीएको खण्डमा स्थानीय सरकारको कानुन विधि विधान अनुसार हुने बताए ।

वडा अध्यक्ष राईका अनुसार वडा सदस्य बाल कुमार राई यस भन्दा अगाडी यस प्रकारको घटनामा संलग्न भई घटना घटेको बारे जानकारी नआएको बरु यस वडामा आज भन्दा करीव ७÷८ महिना अगाडी सरस्वती प्रा.वि. का प्रधानध्यापक रामप्रसाद राईलाई भने स्थानीय महिलालाई यौन आसय करणी गरेको मुद्दामा पक्राउ गरी हाल सम्म उनी जिल्ला प्रहरी कार्यालय भोजपुरमा सजाय भोगिरहेको बताए ।

आरोपीत बालकुमार राई २०७४ मा भएको स्थानीय तहको निर्वावाचनबाट वडा सदस्यमा निर्वाचीत भएका जनप्रतिनिधि हुन् । अध्यक्ष सागर राई र वडा सदस्य बालकुमार राई दूवैजना नपाली कांग्रेसको स्थानीय नेता हुन् ।

२०७६ पुष ५, शनिबार १०:०९ गते 0 Minutes 123 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।