२०८० जेष्ठ १७ बुधबार

शहिदको नामबाट निशुल्क जग्गा दान

-शारदा तामाङ राई
भोजपुर/ जिल्लाको रामप्रशाद राई गाउपालिका ७ बासिखोरा दिबुराङकी सिता कुमारी राईले शहिद भएकी आफनी छोरीको नामबाट स्वास्थ्य चौकीलाई निशुल्क जग्गा दान गरेकी छिन ।

राईले तत्कालिन माओबादीले चलाएको दश बर्षे जनयुद्धका क्रममा सहिद भएकी छोरी जिना राई “करुणा” को नामबाट स्वास्थ्य चौकी बासिखोरालाई चार रोपनी निशुल्क जग्गा दान गरेकी हुन । शहिदको नामबाट प्रदान गरिएको जग्गामा स्वास्थ्य चौकी भवन निर्माण गरि वडावासीले सुलभ स्वास्थ्य सेवा पाउन भनेर आफुले जग्गा दिएको राईले बताईन । राईले भनिन “मेरी छोरी देश र जनताका लागि लडदा लडदै सहिद भएर गईन , छोरीको नामबाट जग्गा दान गरेको छु , मैले दिएको जग्गामा स्वास्थ्य चौकी भवन निर्माण होस भन्ने मेरो चाहाना छ ।”

राईले प्रदान गरेको जग्गा स्वास्थ्य चौकीको नाममा पास गरि सकेको शहिद “करुणा” का भदै कालो बाघ किरातीले बताए । निशुल्क प्रदान गरिएको जग्गामा नया भवन निर्माण गरि बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य चौकी बासिखोराकी अनमी उषा कार्कीले जानकारी दिईन ।

शहिद “करुणा” लाई २०६१ साल भदौ १८ सोही वडाको आङमाला भन्ने ठाउमा शाही सेनाले गोली हानी हत्या गरेका थिए । छोरीको नामबाट जग्गा प्रदान गर्ने जग्गादाता राईलाई स्वास्थ्य चौकीले धन्यावाद दिएको छ ।

२०७६ पुष ५, शनिबार १०:३२ गते 0 Minutes 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।