२०८० जेष्ठ १७ बुधबार

सुनसरीमा कुखुराको खोर मुनी ९ हजार गोलि सहित एसएलआर भेटियो

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार गोली फेला परेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीले भरौलमा कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो।

गोली र हतियार जमिन मुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए। घटनास्थलमा बरामत गरिएको हतियारबारे प्रहरीले मुचुल्का तयार गरिरहेको छ ।

बरामत गरिएको हतियार तत्कालिन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ। ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

 

२०७६ पुष ६, आईतवार ११:३६ गते 1 Minute 31 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।