
धरान । किरात राई यायोक्खाको भातृ संस्था किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको अध्यक्षमा जयकला राई निर्वाचित भएका छन् । संघको पाँचौ जिल्ला सम्मेलनबाट १६ सदस्य समिति गठन भएको हो।
उक्त सम्मेलनबाट उपाध्यक्षमा बसन्त बान्तावा राई, सचिवमा हेमन राई, सह–सचिव नर बहादुर राई, कोषाध्यक्ष ममता राई, सह–कोषाध्यक्ष सुमिना राई र सदस्यहरुमा सरिता राई, दिलु राई, सुनिता राई, सरिता राई, उमा राई, तारा राई, जूजा राई, अञ्जना राई, महेश राई र निश्चल कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन् ।
किरात राई यायोक्खा सुनसरीको सभा भवनमा आयोजना भएको उक्त कार्यक्रममा किरात राई साँकृतिक कलाकार संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष्य रामकर राई प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा किरात राई यायोक्खा जिल्ला सुनसरीका उपाध्यक्ष हिन्दुहाङ सोरोङ राई, सचिव राजेन्द्र राई, सह–सचिव नविन राई, सह–कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समिति उपाध्यक्ष शालिक सतासक राई र सचिव सुरज मेवाहाङ राईको उपस्थिती थियो ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रम सभाध्यक्ष तथा निवर्तमान अध्यक्ष चन्द्र बान्तावा राईले वधाई तथा शुभकामना दिएका थिए ।