२०८० आश्विन ७ आईतवार

गायक रामकृष्ण ढकाल र नीलम शाहबीच सम्बन्ध विच्छेद

काठमाण्डौ /  गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ ।

उनीहरुले बुधबार जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् ।

मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएकी थिइन् । रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ । जिल्ला अदालतका काठमाण्डौका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो ।

न्यायाधीश विदुर कोइरालाको इजलासमा दुवै आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन । दुवैले ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

रामकृष्ण ढकालका केही गीतमा नीलमले मोडलिङ समेत गरेकी छन् । केही समयअघि सहकारीबाट ऋण लिएर घर किनेपछि रामकृष्ण ढकाल चर्चासँगै विवादमा आएका थिए ।

रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् । @उज्यालोबाट

२०७६ पुष ९, बुधबार १६:४६ गते 0 Minutes 281 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार