२०८० आश्विन १२ शुक्रबार

धरान खानेपानी योजना (आइयूडिपि) को समयावधी आजबाट सकियो, नौ महिना परिक्षण काल रहने

धरान / धरान खानेपानी आयोजना आइयूडिपिको निर्माण समयावधी दोश्रो पटक आज डिसेम्बर ३१ तारीखबाट समाप्त हुदैछ । मंगलबार धरान उद्योग बाणिज्यसंघ धरानको सभाहलमा धरान नगरपालिकाले आयोजना गरेको जानकारी तथा प्रगति विवरण सार्वजानीक कार्यक्रममा योजनाका प्रमुख राजु पोखरेलले उक्त कुरोको जानकारी गराएका हुन् ।

एशियाली विकास बैङक (एडिवि) को लगानीमा एकीकृत शहरी विकास आयोजनाको सहकार्यमा २ अर्ब १७ करोड बराबरको लागानीमा नेपाल सरकार र धरान उपमहानगरपालिका वीच ८ मे २०१२ मा आपसी सम्झौता गरी सन २०१७ मा सम्पन्न गर्ने गरी योजना अगाडी बढाएको थियो । पछिल्लो समय उक्त योजनाले विविध कारण देखाई समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेको देखाउदै थप २४ महिनाको समय माग गरी निर्माण कार्यलाई निरन्तरता दिएको थियो ।

नेपाल सरकार र धरान उपमहानगरपालिका वीच भएको सम्झौता अनुसार निर्माण कार्य सम्पन्न भएको मितिबाट नौ महिना सम्म परिक्षण कालको समयावधी रहने छ । उक्त समयावधी भित्र डिपिआरले दिएको रिपोर्ट र सम्झौता अनुसारको निर्माण कम्पनीले पानी उत्पादन गर्न सकेको खण्डमा योजना सफल भएको ठहर गरी धरान खानेपानी बोर्ड उपमहानगरपालिकाले जिम्मा लिनु पर्ने हुन्छ । सम्झौता अनुसार नभए कुनै पनि हालतमा धरान नगरपालिकाले हक हस्तान्तरण लिन बाध्य नहुने धरान नगर खानेपानी बोर्डको भनाई छ ।

कार्यक्रममा उपस्थित उपभोक्ताहरुले आइयुडिपि कार्यक्रम गत दूई बर्ष अगाडी नै असफल भइसकेकोले यसलाई अव उप्रान्त विश्वास गर्ने वातवरण नभएको बताए । दूईपक्ष वीचको सम्झौता अनुसार एक करोड एकाउन्न लाख लिटर प्रतिदिन पानी उत्पादन गरी बढीमा चौविसै घण्टा, कम्तीमा सोह« घण्टा प्रतिदिन पानी उत्पादन गर्नु पर्ने छ । यस योजनाको गतिविधीलाई अध्यायन गर्दा कुनै पनि सम्भाब्यता नदेखीएकोले यस योजनालाई धरान खानेपानी बोर्डले जिम्मा लिदा राम्ररी विचार पुर्याउन समेत सहभागीले सुझाए ।

योजनाको निर्माण ठेक्का पाएका श्री तियान्जिन तुंदी जेभीका अनुसार धरानमा यस योजनाबाट धराने जनतालाई दिर्घकालिन खानेपानी दिन सकिने र यसको लागि सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको बताएका छन् । आइयुडिपि योजनाबाट हाल उत्पादन भइरहेको पानीमा बालुवा र लेडोको मात्र अधिकतम् आईरहेको विषयमा सहभागीले टिप्पणी गरेको सन्दर्भमा योजनाका कन्सलटेन्ट विडिए प्रा.लि. ले कुनै पनि हालतमा लेडो र वालुवा आउनै नसक्ने र यसको लागि हरेक दिन ल्यापटेस्ट गर्न सकिने बताए । बरु सर्दु, खर्दुबाट आइरहेको खानेपानीमा मानवको दिसा पाईने जिवाणु पोलिफर्म नामक किटाणु भेटिएको प्रत्येक ल्याव टेष्टमा देखीएको बताए ।

आइयूडिपि खानेपानी योजना सम्पन्न भएसंगै खानेपानी संस्थान सिधै धरान खानेपानी बोर्डमा गाभिने केन्द्रीय तहबाट निर्णय भएर संस्थानलाई परिपत्र नै आइसकेको छ । तर यस विषयमा लामो समय देखी धरान नगर र खानेपानी संस्थान वीच किचलो टुङगोमा नपुगीसकेको अवस्था छ । खानेपानी संस्थानका कर्मचारीहरुको लावरवाही र दूई पक्ष वीचको किचलोका कारण धेरै लामो समय देखी धराने जनताले खानेपानीको चरम समस्या भोगिरहेका छन ।

२०७६ पुष १५, मंगलवार १५:०१ गते 0 Minutes 118 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार