२०८० जेष्ठ १७ बुधबार

भेडेटारमा तीन दिने खाना महोत्सव शुरु, नेपालकै मुख्य पर्यटकीय गन्तव्य स्थल बनाउने लक्ष्य

भेडेटार । होटल एशोसिएसन भेडेटारले आयोजना गरेको आठौं खाना महोत्सवको उद्घाटन १ नम्बर प्रदेशका मुख्य मन्त्री शेेेेेेरधन राईले  आज गरेका छन ।  पर्यटन क्षेत्रको ठूलो संभावना रहेको १ नम्वर  प्रदेशको गुुुुरुयोजना बनाएर पर्यटन क्षेत्रको विकास गर्ने बताए ।

मुख्य मन्त्री राईले आर्थिक विकासको मुख्य आधार अब पर्यटन उद्योग भएको बताए । प्रदेश नम्वर १ को गौरवको रुपमा रहेको चर्चित पर्यटकीय स्थल भेडेटारकोसमेत नयाँ ढंगबाट प्रदेश सरकारले विकास गरी अन्तर्राष्ट्रिय स्तरसम्म भेडेटारलाई चिनाउने जानकारी दिए । कार्यक्रममा प्रदेश सभाका सांसद निरन राईले पर्यटन उद्योग मार्फत नेपाललाई चाँडै विकास गर्न सकिने बताए ।

भेडेटार होटल एशोसिएसन भेडेटार धनकुटाका अध्यक्ष जितेन्द्र राईको अध्यक्षतमा सम्पन्न भएको भेडेटार फुडफेस्टीवल तथा खाना महोत्सवको उद्घाटन कार्यक्रममा सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खा, धनकुटकाका प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरे, धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई, होटल एशोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, नेष्ट भेडेटारका सचिव नरबहादुर चेम्जोग लगायतले आर्थिक समृद्धि आधार पर्यटन भएकोले पुराना गन्तव्य स्थलहरुको सरक्षण सवद्धनका साथ प्रचार प्रसार गरी नया नया गन्तव्य स्थलको खोजी गर्नु पर्नेमा जोड दिए । उनीहरुले भेडेटारलाई नेपालकै प्रमुख गन्तव्य स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

भेडेटार होटल एशोसिएसन धनकुटाका महासचिव आशिष  राईले संचालन गरेको उद्घाटन कार्यक्रममा निर्वतमान अध्यक्ष लिलाराज तावतीले भेडेटारलाई नेपालकै प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि १ नम्वर प्रदेश सरकारले प्रशस्त्र लगानी गर्नु पर्नेमा जोड दिँदै भेडेटारमा बहुउद्धेश्यीय पार्किङ्ग बनाउनु पर्ने र साझेदारीमा विभिन्न पर्यटन सम्वन्धि कार्यक्रम तथा अभियानहरु  व्यापक रुपमा संचालन गर्नका लागी मुख्य मन्त्री शेर धन राईलाई आग्रह गरे ।

कार्यक्रममा मिस पूर्वाञ्चल २०१९का बिजेता ऋजु भट्टराईलाई भेडेटार सद्भावना दुतमा चयन गरी प्रमाण पत्र वितरण गरिएको थियो भने मूर्तिकार रोजन राई र पत्रकार कविराज घिमिरेलाई सम्मान गरिएको थियो ।

भेडेटार खाना महोत्सवमा स्थानीय खानाका परिकार,अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल,हस्तकलाका विभिन्न समाग्रीहरु,घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका विभिन्न समाग्रीहरु प्रर्दशनका लागी राखिएको छ ।

तीन दिनसम्म संचालन हुने खाना महोत्सवमा ५० हजार स्वोदशी तथा विदेशी पर्यटकहरु भित्र्याउने र गरिव दुई करोड वरावरको कारोवार हुने लक्ष दिएको भेडेटार होटल एशोसिएसन धनकुटका अध्यक्ष जितेन्द्र राईले बताए ।

खाना महोत्सवको उद्घाटन कार्यक्रमदेखि समापन कार्यक्रमसम्म विभिन्न जातीय झाँकीहरु प्रस्तुत गरिनुका साथै स्थानीयदेखि राष्टिय स्तरका कलाकारहरुको प्रस्तुती समेत रहेको महासचिव आशिष राईले बताए ।

२०७६ पुष १५, मंगलवार १९:५० गते 0 Minutes 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।