२०८० चैत्र १६ शुक्रबार

मिक कम्प्यूटर धरानले निःशुल्क कम्प्यूटर तालिम दिने, आवेदन फारम खुल्ला भइसकेको जानकारी

धरान / मिक कम्प्यूटर प्रा.लि. धरानले यस बर्ष पनि गरिब तथा विपन्न बर्गहरुलाई निःशुल्क कम्प्यूटर तालिम दिने भएको छ । मिक कम्प्यूटर प्रा.लि. धरानले एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो ।

मिक कम्प्यूटर प्रा.लि.का संचालक तथा प्रबन्ध निर्देशक राजकुमार थोप्राका अनुसार मिकले यस धरान नगरीमा विगत २६ बर्षदेखी कम्प्यूटर सम्बन्धी उत्कृष्ट प्राविधिक शिक्षा दिदै आएको छ । हालसम्म करीव ३५ हजार भन्दा बढीलाई कम्प्यूटर शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गरेर विभिन्न ठाउँहरुमा काम गर्दै गरेको र आत्म निर्भर भएको निर्देश थोप्राले बताए । उनले भने –हामीले विगत बर्षदेखी सञ्चालन गर्र्दै आएको आर्थिक रुपमा विपन्न र पैसाकै कारणले कम्प्यूटर शिक्षा लिनबाट बन्चित भएका मानिसहरुलाई लक्षित गरी यसबर्ष पनि निःशुल्क कम्प्यूटर तालिम सञ्चालन गर्ने तयारीमा रहेका छौ ।

मिक कम्प्यूटर प्रा.लि.को प्राविधिक सहयोग र स्वीस नेपालको आर्थिक सहयोगमा सञ्चालन हुने तीन महिने तालिममा कम्प्यूटर बेसिक, हार्डवेयर, डिटीपी, डाटाबेस, मल्टिमिडिया, ग्राफिक्स डिजाइनीङ, वेभ डिवजाइनिङ, ट्याली र सर्भर नेटवर्किङ विषयहरुको प्रशिक्षण दिने मिकले बताएको छ ।

निःशुल्क कम्प्यूटर सिक्न चाहनेहरुले मिक कम्प्यूटर प्रा.लि.को कार्यालयमा गइ आवेदन फारम भरी अन्तरवार्तामा छनौट हुनेले पूर्ण निःशुल्क कम्प्यूटर प्रशिक्षण लिन पाउने छ भने छनौटमा नपरेकाहरुलाई हरेक विषयमा लाग्ने शुल्कमा ७५ प्रतिशत छुटमा कम्प्यूटर कोर्स गर्न सक्ने मिक कम्प्यूटरले बताएको छ ।
यस बर्षको कम्प्यूटर प्रशिक्षण कार्यक्रम माघ १९ गते आइतवार देखी शुरु हुने निर्देशक राजकुमार थोप्राले बताए ।

निःशुल्क कम्प्यूटर तालिम गर्नको लागि आवेदन फारम खुल्ला भइसकेको र फारम भर्ने अन्तिम म्याद माघ ८ गते बुधवार सम्म रहेको पत्रकार सम्मेलनमा मिकले जानकारी  गराएको छ ।

२०७६ पुष १६, बुधबार १७:०२ गते 0 Minutes 325 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार