२०८० जेष्ठ १८ बिहीबार

भोजपुरको हतुवागढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिका घोडेटार  बाजार स्थित दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

हतुवागढी गाउँपालिकाको आयोजना तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेष सहयोगमा र भोजपुर सुनसरी सेवा समाज, रोट्रायाक्ट अफ धरान घोपा, रोटरी क्लब अफ धरान घोपाको प्रबिधिक सहयोगमा बी.पी. क्याम धरानमा कार्यरत दक्ष चिकित्सकहरुको सहभगितामा यही पौष महिनाको १८ देखि १९ गते उक्त स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा विशेषज्ञ चिकित्सकद्धारा छाला, नाक, कान, घाँटी, आँखा, दाँत, हार्डजोर्नी सम्बन्धी परिक्षण, आंग खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श तथा अप्रेशन, स्त्री रोग परिक्षण (पाठेघरको जाँच र परामर्श) गर्नुका साथै बालरोग, क्यान्सर, स्कीनिङ्ग जेनेरल मोडिसनको सेवा उपलब्ध हुने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराए।

अध्यक्ष प्रेमकुमार राईका अनुसार ग्रामीण भेगमा बसोबास गर्नु हुने गरीब तथा निम्न बर्गीय आम नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँपालिकाले यो शिबिरको आयोजना गर्न लागेको र यसको लागि बी.पी. क्याम धरानबाट करीब ५० जानको चिकित्सक टोली पौष १७ गते बेलुकी तिरै हतुवागढी आइपुग्ने बताए। चिकित्सक टोलीहरुको लागि  खाने, बस्ने, आवश्यक शिविर सञ्चालनको लागि हतुवागढी गाउँपालिकाले नै ब्यास्बस्थापन समेत गर्ने अध्यक्ष राईले जानकारी गराए।

२०७६ पुष १७, बिहीबार १६:५० गते 0 Minutes 16 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।