२०८० चैत्र १५ बिहीबार

धरान महोत्सब सुरु, भ्रमण बर्ष २०२० मा साँस्कृतिक र खेल पर्यटनका लागि धरान आउन अनुरोध (तस्वीर सहित)

धरान / नेपाल भ्रमण बर्ष २०२० लाई लक्षीत गर्दै “घुम्न जाऔ धरान” भन्ने मूल नाराका साथ आज धरान उत्सब अर्थात धरान डे को समुद्घाटन भएको छ । पब्लीक हाइ स्कूलको खेल मैदानमा आयोजना गरेको उक्त कार्यक्रम प्रदेश नं. १ का माननीय सभामुख प्रदिप कुमार भण्डारीले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेका हुन ।

धरान नगरपालिकाले पौष २० गतेलाई आफ्नो धरान डे को रुपमा विविध कार्यक्रमको आयोजना गरी हरेक बर्ष धुमधाम संग मानाउने गरेको छ ।

धरान नगरपालिकाको डाइरेक्ट्रि अनुसार वि.स. २०१७ साल कार्तिक ३० गते तत्कालीन वडा हाकिम हरि प्रसाद गिरिले धरान नगरको समुद्घाटन गरेका थिए र त्यही साल पहिलो धरान नगर प्रमुखको रुपमा केदारनाथ खनाल नियूक्ति भएका थिए । यसै सन्दर्भलाई जोड्दै धरान नगरपालिकाले हरेक वर्ष आफ्नो धरान डे को रुपमा उत्सव मनाउदै आएको हो ।

धरानमा रहेका विभिन्न जातजातीहरुको आफ्नो जातीय भेषभूषा र झाँकी सहित र विभिन्न संघ संस्थाबाट सयौको संख्यामा र्याली निकाली नगर परिक्रमा गर्दै कार्यक्रम स्थल प्रबेश गरेका थिए । यस बर्षको धरान उत्सबमा यहाँ रहेका जातीहरुको साँस्कृतीक भेषभूषा, गरगहना, जातीय नाच र खानपानलाई विशेष बाह्य तथा आन्तरीक पर्यटकको लागि ब्याबसयीक तथा मूख्य आकार्शक केन्द्रको रुपमा परिचित गराउने धरान नगरको उद्देश्य रहेको नगर प्रमुख तिलक राईले बताए ।

पौष १८ गतेदेखी २० गते सम्म संचालन हुने उक्त धरान महोत्सबमा विभिन्न जातीहरुको परम्परागत खानपान लगाएत अन्य धेरै पर्यटन प्रबद्र्दनका लागि प्रदर्शनीहरु साथै साँस्कृतीक कार्यक्रमहरुको आयोजना गरीने ब्यबस्थापन मूलसमितिले जानकारी गराएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रदेश सदस्य आइन्द्र विक्रम बेघाले भने –धरानको विकास र समृद्धिमा पर्यटनको अत्यन्तै महत्त्वपूर्ण योगदान हुने भएकोले धरानले यसको निम्ति वजेट र कार्ययोजना निर्माण गरेर अघि वढ्न जरुरि छ । यसको निम्ति प्रदेश र संघिय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० बाट अधिक फाईदा लिनका लागि कार्यन्वायन स्थानमा रहेका तीनै तहका अगुवाहरु लागि पर्नु पर्दर्छ ।

नेपाली कांग्रेसका नेता तथा धरान फूटबल क्लवका अध्यक्ष किशोर राईले भने –”धरानलाई खेलकूद पर्यटनसंग जोड्दै यहाँ धेरै भन्दा धेरै आकर्शक कामहरु गर्न सकिने भएकोले यो नेपाल भ्रमण बर्ष २०२० लाई धरान नगरले भरपुर सदुयोग गर्नको लागि धरान नगरपालिकाले महत्वपूर्ण गतिविधीहरु संचालन गर्नु पर्छ” । कार्यक्रममा संघीय सांसद माननीय जयकुमार राई, प्रदेश सांसद माननीय चन्द्र प्रसाद श्रेष्ठ, प्रदेश सांसद उमिता बि.क., पूर्व माननीय तथा नेकपा केन्द्रीय सदस्य किरण राई, नेकपा प्रदेश सदस्य आइन्द्र विक्रम वेघा र अन्य नेता अगुवाहरुको उपस्थिती रहेको थियो ।

महोत्सको समापन पौष २० गते आइतवार १ नं. प्रदेशका माननीय मूख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा हुने धरान नगरपालिकाले जानकारी गराएको छ ।

२०७६ पुष १८, शुक्रबार ११:३८ गते 0 Minutes 106 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार