
भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिका घोडेटार स्थित प्राथमीक स्वस्थ्य केन्द्र (पिएचसी) भवनमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दूईदिने शिविरबाट गाउपालिका जम्मा ११ सय ७० जना भन्दा धैरैले निःशुल्क स्वास्थ्य चेक जाच गरेका छन् ।
हतुवागढी गाउँपालिकाको आयोजना तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेष सहयोगमा र भोजपुर सुनसरी सेवा समाज, रोट्रायाक्ट अफ धरान घोपा, रोटरी क्लब अफ धरान घोपाको प्रबिधिक सहयोगमा बी.पी. क्याम धरानमा कार्यरत दक्ष चिकित्सकहरुको सहभगितामा यही पौष महिनाको १८ देखि १९ गते उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा विशेषज्ञ चिकित्सकद्धारा छाला, नाक, कान, आँखा, हार्डजोर्नी सम्बन्धी परिक्षण, आङग खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श तथा अप्रेशन, स्त्री रोग परिक्षण (पाठेघरको जाँच र परामर्श) गर्नुका साथै बालरोग, जेनेरल मोडिसनको सेवा उपलब्ध दिइएकौ डा देवराज घिमिरैलै बताए ।
दक्षिण एसिकै सबै भन्दा ठूलो र सुविधा सम्पन्न टिचिङ हस्पीटल बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बरिष्ठ सर्जन समिर चौधरी, स्त्रीरोग विशेषज्ञ डा कृष्ण महर्जन, मुकैश कुमार साह, वालरोग विशषज्ञ डा पत्यूस ज्ञवाली, नाक कान घाटी विशेषज्ञ डा ऋषीराज साह, फिजिसियन डा देवरज घिमिरे लागएत विभिन्न विद्याका जम्मा ६० जना भन्दा बढी डाक्टर तथा एमविविएस विद्यार्थीहरुकौ सहभागी रहेको थिायो ।
शिविरमा सम्लग्न फिजिसियन डाक्टर देबराज घिमिरेका अनुसार यहाँँ धेरै भन्दा धेरै महिलाहरुको आङग खस्ने समस्या र हाडजोड्नी सम्बन्धि समस्या भएको देखियो, यो समस्या हुनुमा जनचेतनाको कमी हो भन्ने हामीले देख्यौ, यसको निदानको लागि गाउँपालिका र वडापालिकामा रहेका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वयम सैवीका र स्वास्थ्य कर्मीहरुलाई जनचेतनाकौ लागि परिचालन गरी गाउँँ स्तरबाट लागियो भने धेरै न्यून गर्न सकिन्छ ।
प्राथमीक श्वास्थ्य केन्द्र ( पिएचसी ) मा कार्यरत सिनियर ए.एन.एम. नर्स चित्रकला राईका अनुसार हाम्रौ क्षेत्रका महिलाहरुमा यति धैरै समस्या हुदा पनि संकोचका कारण आफनो रोगको बारेमा भन्न नसक्नुका कारणले यसले विकराल रुप लिदै गएको बताए ।
शिविरमा स्वास्थ्य परिक्षणका लागि हतुवाबाट आएका सितामाया थापाकाले भने “हामी जस्तो गरीव दुखीले आफ्नो घरायसी र पैसोका कारण राम्रो हस्पिटल सम्म गएर आफ्नो स्वास्थ्य उपचार गराउन नसकिरहेको बेला गाउपालिकाका सरहरुले यही डाक्टर ल्याइदिएर हाम्रो उपचार गरि दवाई पनि दिनु भयो हामी ज्यादै खुसी भयौ” । त्यस्तै रानीवास लुङगीनबाट स्वास्थ्या जाँचका लागि आएका नर बहादुर राईले पनि “धरानमा पाइने उपचारको सुविधा हाम्रै गाउँघरमा आउदा हामी जनतालाई सारै राम्रो भएको छ, यसको लागि डाक्टर र गाउँपालिकाका सरहरु सबैलाई धन्यबाद” ।
छोटो समयमा तयारी गरीएकोले भने जस्तो हाम्रो गाउ पालिकाका सबै नागरिकहरुले भने जस्तो स्वास्थ्य चेक जाँँच गर्न पाएन होला यसलाई आगमी दिनहरुमा प्रभावकारी ढंगबाट फेरि फेरी यस्तो कार्यक्रहरु ल्याउने स्वास्थ्य शिविरका स्थानीय आयोजक हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।