
धरान / किराया सुनसरीले आफ्नो नयाँ वर्ष (यलम्बर दोङ) ५०८० को अवसर पारेर बृहत् सागीतिक कार्यक्रम यलम्बर साँझ आयोजना गरि मनाउने भएको छ ।
किरात राईहरुले हरेक बर्ष माघ १ गतेलाई यलम्बर सम्बतको प्रारम्भ भएको दिन मानेर यले दोङ (नया बर्ष) मनाउने गरेको छ ।
येले दोङको अवसर पारेर विगतका बर्षहरुमा यलम्बर सम्बत विषयक प्रचारात्मक विविध गतिविधिहरु गर्दै आईरहेको थियो । यस वर्ष भने ख्याति प्राप्त गायक राजेश पायल राईलाई धरानको भानुचोकमा ल्याई बृहत् साँगितिक कन्सर्ट गर्ने भएको हो ।
प्रदेश नं. १ को सभामुख प्रदिप कुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा गायक राजेश पायल राईको अलवा राष्ट्रिय तथा स्थानिय किरात राई साँस्कृतिक कलाकार संघका कलाकारहरुको प्रस्तुति सहित स्थानीयस्तरका नृत्यहरु समेत प्रस्तुत गरिने छन् ।
कार्यक्रम पौष २९ गते बेलुकी ४ बजे देखि भानुचोकको ट्याक्सि स्टेण्डमा हुने कार्यक्रम संयोजक किराया सुनसरी सह सचिव नवीन राईले जनकारी गराए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।