तालिममा सहभागीलाई प्रमाण पत्र वितरण

तस्वीर@ePt
Spread the love

-शारदा तामाङ राई
भोजपुर/भोजपुरमा असिस्टेन ब्युटिसियन तथा टेलरिङ सम्बन्धि ३ महिने तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएकोे छ । गत बैशाख २९ गते देखि साउन ९ गते सम्म सञ्चालन भएको तालिमका सहभागिहरुलाई विहिवार प्रमाण पत्र वितरण कार्यक्रम आयोजना गरी प्रमाण पत्र वितरण गरिएको हो ।

हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा मल्टि स्किल एण्ड इन्भाइरोमेन्ट डेभलपमेन्ट प्रा.लि.को आयोजनामा तालिम गत साउन महिनामा सम्पन्न भएको थियो । असिस्टेन ब्युटीसियन तर्फ २० जना र टेलरिङ तर्फ २० जना गरी ४० जनाको सहभागिता रहेको प्रशिक्षक राधा देवी राई (बोजु श्री) ले बताईन । मल्टि स्किल प्रा.लि.का जिल्ला संयोजक बिकास खनालको अध्यक्षता तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यता भएको कार्यक्रममा ४० जना सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आलेले महिलाहरुलाई आत्म निर्भर बनाउन तालिमले महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले सिप भए जुन सुकै ठाउमा पनि काम लाग्ने भन्दै सिप सिक्न अन्य महिला दिदी बहिनीहरुलाई अभिप्रेरित पार्नु पर्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै ग्रामिण उद्यम तथा विप्रेशण आयोजना समृद्धि भोजपुरका संयोजक गणेश तिम्सिनाले तालिम पश्चात पनि उत्तिकै सक्रिय भई आर्थिक लाभ लिन सहभागीहरुलाई आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले दोस्रो चरणको पनि कार्यक्रम भोजपुरमा ल्याउनु समेत आग्रह गरेका थिए ।

19270cookie-checkतालिममा सहभागीलाई प्रमाण पत्र वितरण

प्रतिकृया दिनुहोस्