२०८० आश्विन ७ आईतवार

प्रदेशको नाम किरात राख्न लिम्बू सांसदको जोड

मोरङ । प्रदेश १ को सांसद कुलप्रसाद लिम्बूले पहिचानको नाममा हुनसक्ने द्वन्द्वलाई ख्याल गर्नै प्रदेशको नाम किरात राख्न सबैभन्दा राम्रो हुने बताएका छन ।

केहिदिन अघि एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा मोरङ १ (क)को प्रदेश प्रदेश सांसद लिम्बूले किरात मात्र नभएपनी किरात कोशी वा किरात सगरमाथा नाम राख्न उत्तम हुने दोहिर्‍याएका छन ।

किरात एउटा जाती नभएर सभ्यता, ईतिहास र भूगोल भएकोले १ नम्बर प्रदेशको नाममा किरात जोडिनु पर्ने लिम्बूको तर्क छ । प्रदेशको नाममा पहिचान नजोडिदा भविश्यमा देशले आन्दोलन वा अशान्ति बेहोर्नु पर्ने भएकोले पहिचान बारे ख्याल गर्नुपर्ने तर्क पेस गरेका हुन ।

हिउदे अधिवेशनले मन्त्री मण्डल विस्तारको साथै नाम टुङ्गो लगाउनु पर्ने लिम्बूको भनाई थियो । प्रदेश ३ को नाम बाग्मती राख्न नेकपा केन्द्रीय नेताहरुले निर्देशन दिएको बारे धारणा राख्दै सांसद कुलप्रसाद लिम्बूले त्यो निर्देशन नभएर सुझाव दिएको हुनसक्ने तर्क गरे । संविधानले नाम राख्ने अधिकार प्रदेश सभालाई दिएको लिम्बूको भनाई छ ।

प्रदेश १ मा नेकपाको दुईतिहाइ बहुमत रहेको छ । जसमध्य ६० प्रतिशत भन्दा बढी किरात नामको पक्षमा रहेको छ । यसरी आफ्नो बहुमत हुदाहुँदै जनताको चहना अनुसारको नाम नराखे नेकपाले आउने निर्वाचनमा ठूलो क्षति बेहोर्नु पर्ने खतरा उस्तै छ ।

२०७६ पुष २५, शुक्रबार १७:१० गते 0 Minutes 45 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार