
-शारदा तामाङ राई
भोजपुर /दिङला भोजपुर सडक खण्ड अन्र्तगत धापखर्कमा ट्याक्टर दुर्घटना हुदा दुई जना घाईते भएका छन । भोजपुर नगरपालिका ५ सुन्तले वाट जिल्ला सदरमुकाम आउँदै गरेको को २ त ३५२२ नम्वरको ट्याक्टर बुधवार बेलुकी दुर्घटना हुदा दुई जना घाईते भएका हुन ।
घाईते हुनेमा ट्याक्टर चालक ट्याम्केमैयु गाउपालिका २ छिनामखुका २२ बर्षिय पेम नुरु शेर्पा र सहचालक षडानन्द नगरपालिका ९ का १८ बर्षिय निम दावा शेर्पा रहेका छन् । घाईते मध्य चालक पेमनुरुको अवस्था गम्भीर रहेको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसके पछि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।
चालक शेर्पाको अण्डकोषको बाया भाग चिरिएको छ । सहचालकको भने जिल्ला अस्पतालमा उपचार भैरहेको छ । ईन्जिनको भाग मात्र भएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।