२०८० आश्विन १२ शुक्रबार

नोबेलको शिविरबाट पुस महिनामा चार हजार बिरामीको निःशुल्क उपचार

बिराटनगर । नोबेल शिक्षण अस्पतालले गत पुस महिनामा पूर्वी नेपालका बिभिन्न स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव ४ हजार बिरामी लाभान्वित भएका छन् । पुस १ देखि २९ गतेसम्म चार स्थानमा सञ्चालित शिविरमा ३ हजार ८ सय ४४ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

मोरङको इन्द्रपुर, इटहरा, सिरहाको गोलबजार र सुनसरीको तरहरामा शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार एक महिनाभर सञ्चालित शिविर मध्ये सवैभन्दा बढी इटहरामा १ हजार २ सय ६३ र सवैभन्दा कम सिरहाको गोलबजारमा ७ सय ५३ बिरामीको निःशुल्क उपचार गरिएको छ ।
यता, तरहरामा ९ सय ६५ र ईन्द्रपुरमा ९ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका छन् । चार वटै शिविरमा ६ सय ९ जनाको ईसीजी, ५ सय १६ जनाको भिडियो एक्सरे र ८ सय ७ जनाको ल्यावटेष्ट गरिएको छ ।

स्थानीय संघ–सस्थासँग समन्वय गरेर सञ्चालन गरिएका शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरसहितको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ ।

२०७६ माघ ३, शुक्रबार १०:४८ गते 0 Minutes 27 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार