२०८० जेष्ठ १८ बिहीबार

नेपाली मूलका भारतीय गायक विक्रम कालिकोटेको लाइभ कन्सर्ट सिंगापुरमा हुँदै

सिगापुर / नयाँ बर्ष २०२० को अवसर पारेर दार्जीलीङ निवासी नेपाली मूलका गायक विक्रम कालिकोटेको लाइभ कन्सर्ट यहि जनवरी १९ मा सिंगापुरमा हुने भएको छ । भारतीय भूमीमा नेपाली सुगम संगीतमा अनवरत रुपमा लागिरहेका गायक विक्रम कालिकोटे सिलिगुढीमा नेपाली भाषीहरु माझ निक्कै लोकप्रिय गायक हुन् ।

पछिलल्लो समय डाक्टर किङ गुनु घर्ती (मिजोराम) को रचना र संगीत रहेको गीत “हामी हौ नेपाली, नेपाली भाषा बोल… नेपालीको भाषाको मर्यदा बचाउ, अस्तित्व जोगाई राख..” बोलको गीत यूटयूवमा निक्कै चर्चामा रहेको छ । यस गीतले भारतको सिलिगुढीमा रहेका आम नेपाली भाषी नागरिकहरु प्रति मार्मिक ढंगले लक्षित गरिएको छ । गायक कालिकोटे भारतीय सेनामा सेवारत ब्याण्डमा आवद्द रहेका छन् ।

भारतीय मूलका नेपाली गायक विक्रम कालिकोटेलाई सिलिगुढीमा चर्चित गायकको रुपमा चिनिन्छन् । डार्जिलिङ, सिक्किम, खर्साङ र सिलिगुढी नेपाली भाषा साहित्य र गीत संगीतको उर्वरा भूमीको रुपमा लिने गरिन्छ ।

भिडियो ग्राफिमा अब्बल मानिएका डार्जिलीङ निवासी सिंगापुर र भारतमा ब्याबसाय गरिरहेका यूवा “डार्जिलीङे ब्रो” अर्थात सुरज सोरोङ राईको आयोजनामा गायक कालिकोटेको सिंगापुरमा लाइभ कन्सर्ट हुन लागेको हो । सिंगापुरमा कार्य गर्दै बसोबास गरीरहेका नेपालीहरुलाई स्वास्थ्य मनोरञ्जन दिलाउने उद्देश्यले आयोजन गर्न लागिएको उक्त लाइभ कन्सर्ट विहान १०ः०० बजे देखि शुरु हुने र यसको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक सुरज सोरोङ राईले जानकारी गराए । अहिले आयोजक र कलाकार टोली सिंगापुर पुगीसकेका छन् ।

२०७६ माघ ३, शुक्रबार १२:५१ गते 0 Minutes 11 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।