
धरान । धरानमा खानेपनीको चरम अभावका कारण विभिन्न वडाबाट नारा जुलुस र धर्ना दिन थाले पछी संस्थानले एक विज्ञाप्ति जारी गरी पानी दिन नसक्ने जानकारी गराएको छ । विज्ञाप्ति जारी गर्दै भनेको छ हामी पानी दिन सकेनौ अव आइयूडिपिले पानी दिने छ ।
विज्ञाप्तिमा भनिएको छ – विभिन्न संघ संस्था तथा वडाका वडा अध्यक्षहरु लगायत अन्य नागरिकहरुको दैनिक डेलिकेसन र धर्नाले संस्थान आजित भएको छ । २०७६ पुष ७ गते नेपाल सरकार मूल्याङकण समितिको सचिव स्तरको निर्णय अनुसार खानेपानी संस्थान धरान उपमहानगरपालिका खानेपानी ब्यबस्थापन बोर्डमा समायोजन भइसकेका कारण अहिले कुनै पनि हालतमा संस्थानले अन्य श्रोतको ब्यबस्थापन गरी थप पानीको मात्र बढाएर धराने जनतालाई पानी खुवाउन नसक्ने बताएको छ ।
अव यसको समाधान धरान खानेपानी बोर्ड आइयूडिपी आयोजनाले खोज्ने र केही समस्या भए त्यतातिर जान सुझाएको छ । आइयूडिपी योजनाले पानी आपुर्ती गराउन सम्पूर्ण निर्माण योजना सम्पन्न गरीसकेको हुनाले तत्काल धराने जनातालाई प्रसस्त पानी वितरण गर्न आग्रह गरेको छ ।
धरान खानेपानी बोर्ड र संस्थानको केही ब्यबहारीक र प्रशासनीक प्रकृयाहरु अगाडी बढीरहेकोले तत्काललाई केही समस्य आएता पनि अव उप्रान्त खानेपानी संस्थानमा धर्ना जुलुस र डेलिकेशन नगरीदिन विज्ञाप्ति मार्फत आग्रह गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।