२०८० जेष्ठ १८ बिहीबार

धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन

धरान / क्यान्सरको उपचाररत धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ ।

उनको आज दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो । ‘आधा घण्टा अघितिर उहाँको निधन भएको हो, म अस्पताल तिर जादैछु । परिवारसँग भेट भएपछि के गर्ने भन्ने थाह हुन्छ,’श्रेष्ठले भने ।

मेयर राई विगत एक बर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । उनलाई क्यान्सरमा पनि दुर्लभ ‘स्क्वामस सेल’क्यान्सर थियो । भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट मेयरमा निवार्चित भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीमा आवद्ध थिए ।

२०७६ माघ ६, सोमबार ११:०० गते 1 Minute 326 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।