
-शारदा तामाङ राई
भोजपुर / जिल्लामा ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जिल्लाको विभिन्न ठाउमा सचेतना मुलक कार्यक्रम आयोजना गरे सगै कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी साधनका चालक , सहचालक तथा सवारी धनिहरुलाई जिम्मेवार बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक प्रेम कुमार शाहले बताए । कार्यक्रममा सवारी चालक, सहचालक र सवारी धनीहरुलाई ट्राफिक नियम, दुर्घटना न्युनिकरण सडकको अवस्थाका बारेमा प्रशिक्षण दिईएको शाहले जानकारी दिए ।
प्रहरी निरिक्षक शाहका अनुसार सचेतना मुलक कार्यक्रम जिल्लाको आम्मचोक गाउपालिका र हतुवागढी गाउपालिकामा सम्पन्न गरिएको छ । आम्चोक गाउपालिका केन्द्र बालांखामा शुक्रवार भएको कार्यक्रममा गाउपालिकाबाट चल्ने टयाक्सी तथा टयाक्टर चालक , टेम्पो धनी लगाएत ४५ जनाको सहभागिता रहको थियो ।
यस्तै हतुवागढी गाउपालिका केन्द्र घाडेटारमा आईतवार गरिएको कार्यक्रममा सवारी चालक, सह चालक, सवारी धनी, गाउँपालिकाका पदाधिकारी, बजारबासी लगाएत ४० जनाको सहभागिता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।