
-प्रकाश दिप्शाली
नडाहा / एभरेष्ट फुटबल क्लब नडाहाका कप्तान तथा नियमित स्ट्राइकर निसान लिम्बुलाई नेपालकै वहुचर्चित अनि सर्वाधिक लोकप्रिय फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लबले अनुबन्धन गरेको छ ।
सहिद स्मारक ए लिग डिभिजनको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले हिजो आºनो चिर प्रतिद्वन्दि थ्री स्टार क्लबसँगको भिडन्तमा डेब्यु गराउँदै आºनो क्लबबाट सार्वजनिक गरेको हो । पूर्वाञ्चलमा आफुलाई स्ट्राइकरको रुपमा स्थापित गराईसकेका निसानले यस अघि ए डिभिजन क्लबहरु संकटा, एन आर टि तथा हिमालयन शेर्पाबाट पनि खेलिसकेका छन् । सँगसँगै नेपालका प्रतिष्ठित प्रतियोगिताहरुमा पनि आºनो फुटबल कौशल देखाइसकेका छन् ।
नेपालको सर्वाधिक सफल क्लब मनाङले सर्वाधिक ८ पटक लिग उपाधी जितेको छ भने अन्तराष्ट्रिय क्लब उपाधीहरु समेत जितेको छ । आफु मनाङमा अनुबन्धन भएपछि निसान लिम्बुले खुशी व्यक्त गर्दै आफु मनाङमा आबद्ध हुन पाउँदा फुटबलको एउटा लक्ष्यमा पुगेको बताए उनले भने ‘हामीले सपना देख्न छाड्नु हुन्न रैछ । सपना देख्नेहरु कहिले असफल हुदैनन् , जुन सपना आफूले वर्षौंदेखिको देखिरहेको थिएँ । बल्ल यो बेला पुरा हुँदैछ । यो अनुबन्धन मेरो लागि जीवनकै ठूलो उपलब्धि हो । अब आफुले यो अवसरलाई जिम्मेवारीको रुपमा लिएको छु ।’
यता निसान लिम्बु मनाङमा आबद्ध भएको खबरले घरगाउँमा खुशीयाली छाएको छ । उनको स्थानीय क्लब एभरेष्ट फुटबल क्लब र नडाहा अनि सिङ्गो वराहाक्षेत्र नगरपालिकाभरिकै उनका शुभेच्छुक, शुभचिन्तकहरु अहिले सामाजिक सञ्जालमा बधाई तथा शुभेच्छा दिनेहरुको ओइरो नै लागेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।