प्राधिकरण भोजपुरका सब इन्जिनियर प्रकाश तिवारी ६ हजार घुस सहित पक्राउ

Spread the love

-शारदा तामाङ राई
भोजपुर / पुनर्निर्माण प्राधिकरण भोजपुरका सब इन्जिनियर प्रकाश तिवारी घुस सहित पक्राउ परेका छन् । पुनर्निर्माण प्राधिकरण अन्र्तगत भोजपुर नगरपालिकामा कार्यरत तिवारी ६ हजार रुपैयाँ घुस सहित शुक्रवार पक्राउ परेका हुन् ।

इन्जिनियर तिवारीलाई ६ हजार रुपैयाँ घुस रकम सहित भोजपुर नगरपालिका ७ डाडागाउमा रहेको प्रधान होटल एण्ड लजबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । भुकम्प लाभग्राहीलाई नक्सा बनाइ दिए वापत रकम लिन पुगेका बेला श्रेष्ठलाई रङगेहात पक्राउ गरिएको अख्तियारका इटहरी प्रबक्ता श्याम सारु मगरले जानकारी दिए । प्रबक्ता सारु मगरका अनुसार इन्जिनियर तिवारीलाई शुक्रवार नै ईटहरी लगिएको छ । उनलाई काठमांडौ लगेर थप अनुसन्धान गरिने अख्तियारले जनाएको छ ।

20210cookie-checkप्राधिकरण भोजपुरका सब इन्जिनियर प्रकाश तिवारी ६ हजार घुस सहित पक्राउ

प्रतिकृया दिनुहोस्