२०८० आश्विन १२ शुक्रबार

रुँदै बिदा गरिदै नाटक ‘बसाइँ’

धरान / पछिल्लो समय रंगकर्मीहरुको सकृयता र रंगमञ्चको पुनर्गामनले तातिएको पूर्वेली दर्शकहरुको माहोललाई अझ बढावा दिने काम गर्‍यो नाटक ‘बसाइँ’ले । नेपाली पाठ्यक्रममा समेटिएको नाटक ‘बसाइँ’ लिला बहादुर क्षेत्री द्धारा लिखित थियो भने यसलाई नाट्य रुपान्तरण बिनय सरगमले गरेका छन ।

युवा कलाकार रङ्गभुमी एकेडेमीका छात्र मिलन चाम्लिङ पछिल्लो समय निकै चर्चा बटुल्न सफल नाटक इङघङबाट पुर्बेली दर्शकहरु माझ परिचित छन । उनै चाम्लिङद्धारा परिकल्पित र निर्देसित यस नाटक माघ ९ गतेबाट सुरु भएको थियो । दैनिक दुई पटक मन्चन हुने यस नाटक मा तुलसा थापा (मैना), शंकर थापा (बैदार), बिकास पराजुलि(धने), मिलन चाम्लिङ (रिकुटे), मिलन भुजेल (कार्की), गोमा पौडेल (झुमा), बल बहादुर राई (नन्दे साहु) एन्नुमा राई (ठुली), सन्देश दाहाल (कान्छा) रहेका छन । प्राकास सम्योजक हरी लिम्बू, संगीत सम्योजक बिनायक राईले गर्नु भएको छ ।

नाटकका मूख्य पात्राहरु धने र मैना बसाइँ हिड्न अगाडी भक्कानीदै……

धरान-१५, स्थित सदन सभा हल मा मन्चन भई रहेको नाटक ‘बसाइँ’ ले बास्तबमै पुराना कृती लाई न्याय गरेको बताउछन सगरमाथा एस. डि. कलेजका सञ्चालक सन्तोष राई । नाटक हेरी सके पछी रसाएको आँखा पुच्दै निस्कने दर्शकहरुको उपस्थितिले अझ हौसला बढेको बताउछन नाटकका (बैदार) शंकर थापा । युवा रङ्गकर्मिहरुको जमात बड्दै गएको अवस्थामा यो चुनौती लिएको र यती सम्म मेहनत गरेको देख्दा नाटकका सम्पूर्ण परिवार प्रती गर्ब गर्ने बताउछन कलाकार बिष्णु मोक्तान । आज माघ १३ गते तीन पटक मञ्चन हुने यो नाटक, आज नै अन्तिम मञ्चन रहने हुनाले एक पटक हेरेर प्रतिकृया दिनहुन अपिल गर्दछन निर्देशक चाम्लिङ । यो अर्थमा पुर्बेली दर्शकले नाटक ‘बसाइँ’ लाई रुदै बिदा दिदैछन ।

प्रस्तुति : बिशाल ‘रसिक’ राई 

२०७६ माघ १३, सोमबार ०९:०१ गते 1 Minute 99 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार