२०८० मंसिर २४ आईतवार

भोजपुरबाट ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम शुरु

-शारदा तामाङ राई
भोजपुर / भोजपुरबाट प्रदेश एक सरकारले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम शुरु गरेको छ । ज्येष्ठ नागरिकहरुलाई दात रहित बनाउने उद्देश्य सहित ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रम अन्र्तगर्त जिल्लाको आमचोक गाउँपालिकाबाट दन्त उपहार कार्यक्रम शुक्रवार देखि शुरु गरिएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ । दात झरिसकेका बृद्ध बृद्धाहरुको समस्या समाधान गर्न मन्त्रालयले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रमको अवधारणा अगाडी सारेको हो । ज्येष्ठ नागरिकका सुरक्षाका लागि चालु आर्थिक वर्षमा प्रदेश एकका ३० स्थानीय तहका ज्येष्ठ नागरिकलाई दाँत लगाउने योजना रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

दन्त मुस्कान कार्यक्रम मुख्यमन्त्री शेरधन राईको जन्म स्थान आमचोकबाट ज्येष्ठ नागरिकलाई दाँत उपहार दिएर शुभारम्भ गरिएको मन्त्री घिमिरेले जानकारी दिए । कार्यक्रममा मुख्यमन्त्री राईले ७२ वर्षिय दुर्गाबहादुर राना मगर ,मन्त्री घिमिरेले मदन राई र गाउपालिका अध्यक्ष अशोक राईले दक्षीमाया राईलाई दाँत उपहार दिनु भएको थियो । ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत शुरु गरिएको दन्त उपहार कार्यक्रम सोमबार सम्म सञ्चालन हुने अध्यक्ष राईले बताए ।

कार्यक्रममा मुख्यमन्त्री राईले नागरिकको चाहना अनुसार सरकारले योजना अगाडी सार्ने बताए । उनले प्रदेश सरकारले पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कामहरु समेत सँग सँगै अगाडी बढाउने स्पष्ट पारे । सामाजिक विकास मन्त्री घिमिरेले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका नागरिक, मानसिक समस्यामा परेका नागरिकको संरक्षण सरकारले गर्ने गरि कार्यक्रमहरु अगाडी बढाएको बताए ।

ज्येष्ठ नागरिकलाई दाँत उपहार दिने योजनालाई प्रदेशका सबै स्थानीय तहमा विस्तार गरिने उनले जानकारी दिए । दात नभएर थोते बनेका ज्येष्ठ नागरिक दात पाए पछि खुसी भएका छन ।

२०७६ माघ १३, सोमबार १५:२१ गते 0 Minutes 65 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।