
-शारदा तामाङ राई
भोजपुर / जिल्लामा अज्ञात समुहले दुई वटा एनसीएलको टावरमा आगजनी गरेका छन । आईतबार राती षडान्नद नगरपालीका ८ तुङगेछा र पौवादुङमा गाउँपालीका १ श्यामशिलामा रहेको एनसीएल टावरमा आगजनी गरिएको हो ।
तुङगेछामा गरिएको आगजानीबाट सामान्य क्षति पुगेको षडानन्द नगरपालिकाका नगर प्रमुख बीरबल राईले बताए । अज्ञात समुहले टावर नजिकै रहेको कोदोको नल बालेर आगजानी गरेको स्थानियले बताएका छन । यता पौवादुम्मा गाउपालिका १ श्यामशिलामा रहेको टावरमा भने क्षती नभएको गाउपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन ।
घटनामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्नता हुन सक्ने आशंका गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रहरीले जनाएको छ । जिल्लामा यस अघि पनि एनसीएल टावर , स्काईभेटर र वडा कार्यालयमा दर्जज बढी आगजानी गरिएको थियो ।