२०८० आश्विन १२ शुक्रबार

प्रदेश १ को नाम पहिचानको आधारमा राख्न यायोक्खा र खम्बुवान सहमत लिम्बुवान लगायतको संगठनहरुसँग छलफल हुने

काठमाडौ । प्रदेश नं. १ को नाम पहिचानको आधारमा राख्ने बिषयमा किरात राई यायोक्खा र खम्बुवान राष्ट्रिय मोर्चावीच आज (माघ १४) काठमाडौमा छलफल भएको छ । छलफलमा प्रदेशको नाम पहिचानको आधारमा राख्ने बिषयमा छलफल भएको छ ।

यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा भएको छलफलमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष आर. के. खम्बू, यायोक्खा महासचिव जनक राई, उपमहासचिव भीम राई, सचिव अर्जुन जम्नेली राई, कोषाध्यक्ष देवान राई, खम्बुवानका केन्द्रिय सदस्यहरु भारती खम्बू, रामकाजी राई, महेन्द्र राई, राज्य खम्बू सहभागी रहेका थिए । किरात राई यायोक्खा हङकङको अध्यक्ष हरिचन्द्र राई लगायतको समेत सहभागीता रहेको थियो । बैठकले प्रदेशको नाम पहिचानको आधारमा नाम राख्नेमा एकजुट भएर लाग्ने सहमत भएको छ ।

यायोक्खा, खम्बुवान, किरात याक्थुङ चुम्लुङ, संघीय लिम्बुवान मन्च लगायतका लिम्बुवान जन्य पार्टीहरुसँग मिलेर पहिचानको आधारमा नाम राख्न पहल गर्ने सहमत भएको छ । यायोक्खाले प्रदेश १ को नाम किरात राख्न पहल गर्दै आएको छ । खम्बुवान मोर्चा खम्बुवान र किरात याक्थुङ चुम्लुङ, लिम्बुजन्य संगठनहरु लिम्बुवानको आन्दोलन गर्दै आएको छ ।

प्रदेशको नाम पहिचानको आधारमा पहल गर्ने, जवरजस्ती कोशी वा सगरमाथा भए शसक्त रुपमा आन्दोलनको लागि तयार हुनुपर्ने बैठकमा छलफल भएको छ । पहल याक्थुङ चुम्लुङ, लिम्बुवान जन्य पार्टीहरु र प्रदेशको विभिन्न समुदायगत संगठनहरुसँग छलफल अगाडि बढाउने निर्णय भएको छ ।

२०७६ माघ १४, मंगलवार १३:२७ गते 0 Minutes 225 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार