२०८० चैत्र १६ शुक्रबार

मुख्यमन्त्री राईद्धारा शहीद दिवसको शुभकामना

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रजातन्त्र स्थापना एवं पुःनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दै शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको बलिदानी रहेको छ मुख्यमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ । आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु, शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् शहीदहरुका त्याग तथा बलिदानको परिणाम हुन् । शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र शहीदहरुप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने मुख्यमन्त्री राईको विश्वास छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन शहीदहरुको सपना तथा योगदान सधै प्रेरणादायी हुने मुख्यमन्त्री राईले विश्वास लिनुभएको छ । देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउँदै शहीदहरुको सपना साकार पार्नका लागि एक भएर लाग्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गर्नुभएको छ ।

पछिल्लो चरणमा भएको निर्वाचनपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै शहीदका सपना पूरा हुँदै गएका छन् । र, बाँकी रहेका शहीदका अधुरा सपना पुरा गर्ने दिशामा हामी अगाडि बढिरहेका छौं, शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली माटोले जन्माएका शहीदहरुप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रदेशको विकास र समुन्नतीका लागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु, मुख्यमन्त्री राईले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

२०७६ माघ १६, बिहीबार १६:२५ गते 0 Minutes 120 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार