२०८० जेष्ठ १७ बुधबार

नोबेलद्वारा पाँचथरमा शल्यक्रियासहितको निःशुल्क स्वास्थ्य शिविर

पाँचथर । पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा १६ जना बिरामीको सामान्य शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार ६ जना बिरामीको शरिरका गाँठागुँठीको शल्यक्रिया गरिएको छ । त्यस्तै १० जनाको आँखामा पलाएको जाँलो निकालिएको छ भने ३५ जना बिरामीको दाँत फुकालिएको छ ।

शिविरमा हाडजोर्नी र स्वासप्रश्वास सम्बन्धि समस्याका बिरामी बढी आएका छन् । गाउँ–गाउँदेखिका बिरामीहरु ३ घण्टासम्मको बाटो हिडेर उपचारका लागि शिविरमा आएका थिए । नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरसहित २५ जना स्वास्थ्यकर्मीको टोली शिविरमा आएका छन् ।

गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

२०७६ माघ १६, बिहीबार १६:१९ गते 0 Minutes 21 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।