२०८० आश्विन ११ बिहीबार

किरात लिम्बुवानको लागि शक्त आन्दोलन गर्ने नेतृत्व सहिद हुन तयार

-अर्जुन जम्नेली राई

मोरङ । कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान मन्चले प्रदेश १ को नाम “लिम्बुवान किरात खम्बुवान”को लागि शसक्त आन्दोलनको तयारी गर्ने जनाएको छ । सुक्रबार (माघ १७) गते बसेको बैठकले समुदायगत पहिचानको आधारमा नाम राख्न चाहने संगठनहरुसँग संयुक्त आन्दोलन गर्ने प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश १ को हिउँदे अधिविशन माघ २३ बाट सुरु हुँदैछ । अधिवेशनमा प्रदेशको नामको बारेमा समेत छलफलको साथै पारित हुने संभावना भएको हुँदा बन्द, हड्ताल लगायतको कार्यक्रम हुने उल्लेख छ । संघीय लिम्बुवान मंचको महासचिव अशोक चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । “लिम्बुवान र किरात खम्बुवान नामाकरणको लागि अनिश्चितकालिन हड्ताल गरेर भएपनि बाग्मती, गण्डकी जस्तो नाम राख्न दिदैनौ ।”

आन्दोलनको लागि समकक्षी संगठनहरुसंग सहकार्य गर्ने, ज्ञापन पत्र दिने, सांकेतिक चक्काजाम, एकदिने बन्द गर्ने र त्यस अवधिमा पनि मागहरु सुनुवाई नभए अनिश्चितकालिन लिम्बुवान किरात खम्बुवान बन्द गर्ने उल्लेख छ | प्रदेशको नाम कोशी हुन् नदिने त्यसको लागि नेतृत्वहरु गिरफ्तारी, घाइते तथा शहिद हुन् तयार रहने निर्णय विज्ञप्तिमा उल्लेख छ | थरुहट थारुवान रास्ट्रिय मोर्चाले संघीय सांसद रेशम चौधरीको रिहाइको लागि फाल्गुन १ गते देखि शुरु गर्ने निर्णायक आन्दोलनलाई मंचले भौतिक रुपमा सहयोग गर्ने निर्णय भएको छ ।

बहसमा रहेको एम. सि. सि. बारे सरकारले नेपाली जनता सामु स्पस्ट श्वेत पत्र जारि गर्नु पर्ने र उक्त सहमति रास्ट्र हित वा अहित के कस्तो अवस्थामा छ बिज्ञ समूह गठन गरेर त्यसबारेमा नेपाली जनतालाई छर्लंग भन्नु पर्ने बताइएको छ ।

२०७६ माघ १८, शनिबार ०३:५७ गते 0 Minutes 69 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार