२०८० जेष्ठ १८ बिहीबार

राजिनामा दिएका गहृ सचिव राई भन्छन ‘कर्मचारी सेवकको रुपमा काम गर्नुस’, गृह सचिव प्रेम कुमार राई सम्मानित

-अर्जुन जम्नेली राई
काठमाडौं । सेवामा रहदा कर्मचारीको तर्फबाट ‘आइडल पर्सन’को रुपमा स्थापित गृहसचिव प्रेमकुमार राईलाई माघ १८ किरात राई कर्मचारी संघ केन्द्रीय समितिले सम्मान गरेको छ ।

कर्मचारी भएर ३६ बर्ष सेवा गरेका प्रेमकुमार राईको आइतबार सेवा अवधि सकिन्दै छ । सेवा अवधि सकिन लागेका राईले यस अघिनै राजिनामा दिइ सकेका छन् । सेवा अवधि एक दिन रहदा किरात राई कर्मचारी संघले कोटेश्वर स्थित सुम्निमा हलमा कार्यक्रमको साथ सम्मान गरेको हो ।

संघले गृहसचिव राईले सेवामा रहदा कर्मचारीहरु मध्ये उच्च छवि बनाउन सफल भएको र देशमै उदाहरणीय रुपमा प्रस्तुत भएको भन्दै सम्मानपत्र र पथरी गुठेर सम्मान गरेको हो ।
सम्मानित राईले कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई सचिव राईले सेवाग्रहीको काम सेवा भावले गर्न सुझाव दिएका छन् । उने भने ‘सेवाग्रहीसँग राम्रो बोल्ने, नहुने भए कानुनी कुरा प्रष्ट भन्दिनु पर्छ ।’

आफू कडा मेहनतको साथ दैनिक १० घण्टा काम गर्दै आएको राईले अनुभव सुनाएका थिए । कार्यक्रममा उपस्थित अधिकृतहरुलाई आफू कुन स्थानसम्म पुग्ने हो लक्ष्य निर्धारण गरेर सोही अनुसार सेक्रिफाइस गर्दै अघि बढ्नु पर्ने बताए ।
व्यक्तिगत स्वार्थमा लागे अगाडि बढ्न कठिन हुने समेत राईको भनाइ थियो । काम गरेर के हुन्छ र नभन्नुस जति काम ग¥यो उति क्षमता वृद्धि हुदै जान्छ । कर्तव्यबाट पछि हटे आफै पछि परिने राईको भनाइ थियो । नेपालको आड्डाहरु अव्यबस्थित र केही अधकृतहरु टिप्पणी उठाउनसम्म ढंग नभएको कारण देशमा समस्या हुने गरेको उनको भनाइ थियो ।

किरात राई कर्मचारी संघको अध्यक्ष जीवनकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेश १ को नाम किरात राख्न सवैतिरबाट दवाव दिनुपर्ने बताएका थिए । प्रदेशको नाम किरात राख्दा सम्पूर्ण प्रदेशवासी र देशले नै गौरव मान्नु पर्ने अध्यक्ष राईको भनाइ थियो । किरात शब्द इतिहास, भूगोल र सभ्यतासँग जोडिएकोले राष्ट्रिय महत्त्वसँग जोडिने भनाइ थियो ।
आयोजक संघको महासचिव खिलराज राईले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राई, प्रदेश १ को लोक सेवा आयोगको सदस्य टिकादत्त राई लगायतले बधाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा करिव ४० जना नेपाल सरकारको अधिकृतहरु सहभागि रहेका थिए ।

२०७६ माघ १९, आईतवार १४:३९ गते 0 Minutes 41 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।