२०८० चैत्र १६ शुक्रबार

मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल बिजयी

बिराटनगर । बिराटनगरमा सञ्चालित मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल कलेजको टिम बिजयी भएको छ । फाइनलमा मोरङ व्यापार संघलाई ९ विकेटले पराजित गर्दै नोबेलले उपाधि चुमेको हो ।

६ टिम सहभागि खेलमा समुह बिजेता बन्दै व्यापार संघ र नोबेल फाइनल पुगेका थिए । फाइनलमा व्यापार संघले नोबेललाई ६२ रनको लक्ष दियो । चौका र छक्काको बर्षात गरेको नोबेलले ३ ओभर २ बलमा लक्ष्य पुरा गर्दै बिजयी बनेको हो ।

खेलमा पाँच विकेट र २० रन बनाएका व्यापार संघका गौरब सेठिया सर्वोत्कृष्ट खेलाडी घोषित भए । बिजयी टिम र खेलाडीहरुलाई उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्रतियोगिताका संयोजक सुवोध कोइराला लगायतले ट्रफी र मेडल प्रदान गरेका छन् ।

प्रतियोगितामा नोबेल र मोरङ व्यापार संघसहित उद्योग संगठन मोरङ, पत्रकार महासंघ, संयुक्त ट्रेड युनियन र बिराट व्यापार संघवीच खेल भएको थियो ।

नोबेल मेडिकल कलेजको मुख्य प्रायोजनमा फागुन २ देखि १० गतेसम्म हुँन लागेको बिराट एक्स्पोको प्रचारका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

२०७६ माघ १९, आईतवार १८:११ गते 0 Minutes 73 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार